Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०
काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण गत चैत्र पहिलो सातादेखि बन्द रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो ।

यसअघि बेष्टखबर डटकमलाई पर्यटन मन्त्रालय स्रोतले दिएको जानकारी आधारमा हामीले यो समाचार मन्त्रीपरिषद् बैठकअघि नै संप्रेषण गरेका थियौं । गएको चैत्र ११ बाट आन्तरिक उडान रोकिएको भएपनि चैत्र ६ गतेबाट सबै अन्तर्राष्ट्रिय उडान रोकिएको थियो । सरकारले अहिलेको अवस्थामा कोरोना संक्रमितको संख्या घट्दै गएका कारण आगामी भदौ १ बाट हवाई उडान (आन्तरिक तथा बाह्य) सूचारु गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै विदेशमा रोकिएका र विदेश जान नपाएर स्वदेशमै बसेका हजारौं यात्रुलाई प्रत्यक्ष फाइदा पुगेको छ । हाल कोरोनाका कारण भएको लकडाउनका विश्वका विभिन्न देशमा दशौं हजार नेपालीहरु नेपाल फर्कने प्रतिक्षामा छन् । सरकारले लकडाउनका बेला पनि अत्यावश्यक सेवा प्रवाह गर्ने विमानहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको थियो भने चार्डर उडान पनि भै रहेको थियो ।
यस्तै सरकारले आगामी साउन १५ गतेदेखि नेपालका सबै होटलहरुलाई सञ्चालनको अनुमति पनि दिने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...
फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...
युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...
केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...
Top