एसिया

कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशको सूचीको पहिलो नम्बरमा भारत परेको छ । भारतले पछिल्लो २४ घण्टामा (मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म) हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार २९ जना…

भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन

Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार

३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो । तर…

मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन्…

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक बिमान आज साँझ भारतको केरलास्थित कोज्इकोदे विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी विमानका २ जना पाइलटसहित कम्तीमा १६ जना यात्रुको ज्यान गएको टाइम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । चालकदलका सदस्यसहित १ सय ९० जना सदस्य लिएर केरला आएको सो विमान विमास्थलमा…

लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एउटा गोदाममा भएको भयानक विस्फोटमा परी लेबनानमा कम्तीमा ७८ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लेबननको राजधानी बेरुतमा रहेको एउटा विस्फोटक पदार्थले भरिएको घरमा एक्कासी विस्फोट भएको थियो । घटना मंगलबारको हो । सो घटनामा परी कम्तीमा ५ हजार जना घाइते भएको बताइएको…

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।…

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात समूहले गराएको कार बम विस्फोटमा परी १७ जना सर्वसाधारणको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय नजिकैकै एउटा व्यस्त बजारमा भएको सो आत्मघाती आक्रमणमा सडक छेउछाउका पसलमा किनमेल गरिरहेका १७ जना सर्वसाधारणको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आत्मघाती सो विस्फोटमा आक्रमण गराउनको पनि…

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना जोडिएको उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित भेटिएको दाबी त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । विश्वका लगभग सबै देश कोरोना संक्रणबाट ग्रसित भै रहँदा सँधै रहस्यको पर्दा भित्र रहने देशको रुपमा परिचित उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित देखिएको हुन् । विश्वमा कोरोनाका कारण लाखौंको ज्यान जाँदा…

चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर

Best Khabar Team | २०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि चीनलाई अमेरिकाले चेतावनी दिएपछि त्यसको जवाफमा चीनले पनि आफ्नो भूमिमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको दक्षिण–पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी बाणिज्य दुतावासलाई तत्काल बन्द गर्नका लागि चीनले अमेरिकालाई भनेको हो । पछिल्लो समयमा…

११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न कारणले यहाँ आएर लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुमध्ये थप १ सय ४८ जनालाई आज उद्दार गरिँदैछ । कतारको दोहा विमानस्थलबाट नेपाल एयरलाईन्सको विमानमार्फत् आज ११ औं उद्दार उडानमार्फत् उनीहरुलाई काठमाडौं लैजान लागिएको नेपाली दुतावास स्रोतले जानकारी दिएको छ । उनीहरुलाई लिन नेपाली ध्वजाबाहक विमान आज…

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

Best Khabar Team | २०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको चीनको स्वासाति भूमि मंगोलियामा फेरि अर्को प्राणघात रोग देखा परेको छ । प्लेग नामबाट परिचित एउटा प्राणघात रोगबाट संक्रमित एकजना विरामी केहीदिनअघि मंगोलियाको एउटा गाउँमा फेला परेका छन् । चीन स्वसाशित मंगोलियामा एकजना गोठाला पुरुष व्यक्तिमा प्लग रोग देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्राणघातक…

भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

Best Khabar Team | २०७७ असार २१ गते आइतबार

०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितहरुको सूचीमा भारत तेश्रो नम्बरमा परेको छ । शनिबारसम्म विश्वको तेश्रो बढी कोरोना प्रभावित मुलुकको सूचीमा रसिया रहेको थियो । तर आइतबारसम्म २४ घण्टामा करिब २४ हजार नयाँ कोरोना संक्रमित थपिएसँगै भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको तेश्रो नम्बरमा उक्लिएको हो । यो समाचार तयार…

भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन सिमावर्ती क्षेत्र लद्दाखमा भएको दुईदेशका सैन्य अधिकारीहरुबीचको भिडन्तपछि उत्पन्न परिस्थितिलाई लिएर रसियाको मध्यथतामा वार्ता हुने भएको छ । चीन र भारतका सैनिकबीच आज भएको उच्चस्तरको छलफलमा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको सो घटनापछि उत्पन्न परिस्थितिलाई लिएर रुसको मध्यस्थतामा वार्ता हुन लागेको हो ।…

आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार

१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका र विभिन्न कारणले कारबाहीमा परेका एक सय ५० जना नेपालीलाई कुवेत सरकारले आज आफ्नै खर्चमा उद्दार गरिदिएको छ । कुवेत सरकारले रोजगारीका लागि यहाँ आएका नेपालीमध्ये विभिन्न गैरकानुनी गतिविधिमा संलग्न १ सय ५० जनालाई आज कुवेत सरकारकै खर्चमा उद्दार गरेको हो । करिब ३ हजार नेपालीहरु…

आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

Best Khabar Team | २०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र लद्दाकमा सोमबार राती चिनियाँ सिमा सुरक्षाबलसँग भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएपछि भारत सरकारले आकस्मिक रुपमा सर्वदलीय बैठक आह्वान गरेको छ । जुन १९ तारिखका लागि बोलाइएको सर्वदलीय बैठकमा चीन र भारतको सीमावर्ती क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई कसरी ह्याण्डिल गर्ने भन्ने विषयमा कुराकानी गर्ने…

Top