बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अझै एक महिना थुनामै राखेर मुद्दाको सुनुवाई गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतको यो आदेश सँगै महरा थप एक महिना जेलमै रहने भएका छन् । जिल्ला अदालत काठमाण्डौैंंले गत कार्तिक १८ गते दिएको आदेशलाई उच्च अदालत पाटनले सदर गर्दै महरालाई थुनामै राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको हो ।

पाटन अदालतका मुख्य न्यायधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले आज यस्तो आदेश दिएको हो । महरा सभामुख रहेकै बेला गत असोजअसोज १७ गते राति संसद सचिवालयमा कार्यरत महिला कर्मचरी रोशनी शाक्यमाथि बलात्कारको प्रयास गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएको थियो ।

घटनाको २ दिनपछि महरा पक्राउ परेका थिए । महरा हाल डिल्लीबजारस्थित सदरखोरमा थुनामा छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धरौटीमा छुटिन् गायिका राउत धरौटीमा छुटिन् गायिका राउत

२०७६ माघ १४ गते मंगलबार

२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट) भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

२०८० कार्तिक १८ गते शनिबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...

नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार) नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)

२०८२ श्रावण ३ गते शनिबार

बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

Top