एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार


१७ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई हस्ती (कलाकारद्वय) को पशुपति आर्यघाटमा एकैदिन अन्त्येष्टि गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय दुबै कलाकारको अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो । भट्टराईलाई १५ वर्षका छोरा मिस्क भट्टराई तथा क्षेत्रीलाई उनका छोरा रिनेश बस्नेतले दाबवत्ति दिएका थिए ।

कलाकारद्वयको अन्त्येष्टि कार्यक्रममा आर्यघाटमा चलचित्र कलाकारहरु, शुभचिन्तकलगायतको बाक्लो उपस्थिति रहेको थियो । यसअघि भट्टराईको पार्थिव शरीरमा रक्षामन्त्री इश्वर पोखरेलले श्रद्धाजली व्यक्त गर्नुभएको थियो । दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै कलाकारहरु निखिल उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, कुञ्जना घिमिरे, हरिबंश आचार्य, रेखा थापा, मदनकृष्ण श्रेष्ठ, रमेश उप्रेतीलगायतका कलाकार सञ्चारकर्मी तथा शुभचिन्तकहरुको ठूलो भीड आर्यघाटमा देख्न सकिन्थ्यो ।

क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । यस्तै भट्टराईको आइतबार राति अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...

शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु ‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...

चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...

Top