Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौं उपत्यका भित्र अब मोबाइल एप्सबाटै ट्याक्सी मगाउन सकिने भएको छ । यसअघि केही ट्याक्सीहरुले पठाओ, माई ट्याक्सीलगायतका मोबाइल एप्स प्रयोग गरी सेवा दिने गरेको भएपनि अब भने उपत्यकाभित्र ट्याक्सी चढ्नेहरुका लागि ट्याक्सीमाण्डौं नामको मोबाइल प्रयोग गर्न सकिने भएको छ ।

‘ट्याक्सीमाण्डौं’ एप्स डाउनलोड गरी आफ्नो बारेमा सबै जानकारी राखेपछि सेवा सुचारु हुने कम्पनीले जनाएको छ । एपमार्फत ट्याक्सी बुकिङ गर्दा दुरी र रेटको बारेमा पहिल्यै जानकारी हुने भएकाले सहज हुने बताइएको छ । ट्याक्सीमाण्डु सर्भिस प्रालिका अनुसार यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा यो एप्सबाट ट्याक्सी चढ्दा बढी १० प्रतिशत रकम लाग्ने छ ।
चालक र यात्रु दुबैको व्यक्तिगत विवरण दुबैले देख्न सक्ने भएकाले यो एप्स प्रयोग गरेर ट्याक्सी चढ्दा कुनै जोखिम नहुने कम्पनीको भनाई छ । युरोप, अमेरिकालगायतका विकशित मुलुकमा यो प्रविधि पहिल्यै शुरु भएपनि नेपालमा भर्खरै यस्ता एप्सहरु प्रयोगमा आउन थालेको छ । नेपाल भ्रमणवर्षमा नेपाल आउने विदेशी पर्यटकहरुलाई समेत यस्तो सेवा प्रयोग गर्न सहज हुने कम्पनीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते
२०८१ पुष २३ गते मंगलबार
०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको...
नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...
भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...
Top