अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


१३ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौं उपत्यका भित्र अब मोबाइल एप्सबाटै ट्याक्सी मगाउन सकिने भएको छ । यसअघि केही ट्याक्सीहरुले पठाओ, माई ट्याक्सीलगायतका मोबाइल एप्स प्रयोग गरी सेवा दिने गरेको भएपनि अब भने उपत्यकाभित्र ट्याक्सी चढ्नेहरुका लागि ट्याक्सीमाण्डौं नामको मोबाइल प्रयोग गर्न सकिने भएको छ ।

‘ट्याक्सीमाण्डौं’ एप्स डाउनलोड गरी आफ्नो बारेमा सबै जानकारी राखेपछि सेवा सुचारु हुने कम्पनीले जनाएको छ । एपमार्फत ट्याक्सी बुकिङ गर्दा दुरी र रेटको बारेमा पहिल्यै जानकारी हुने भएकाले सहज हुने बताइएको छ । ट्याक्सीमाण्डु सर्भिस प्रालिका अनुसार यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा यो एप्सबाट ट्याक्सी चढ्दा बढी १० प्रतिशत रकम लाग्ने छ ।

चालक र यात्रु दुबैको व्यक्तिगत विवरण दुबैले देख्न सक्ने भएकाले यो एप्स प्रयोग गरेर ट्याक्सी चढ्दा कुनै जोखिम नहुने कम्पनीको भनाई छ । युरोप, अमेरिकालगायतका विकशित मुलुकमा यो प्रविधि पहिल्यै शुरु भएपनि नेपालमा भर्खरै यस्ता एप्सहरु प्रयोगमा आउन थालेको छ । नेपाल भ्रमणवर्षमा नेपाल आउने विदेशी पर्यटकहरुलाई समेत यस्तो सेवा प्रयोग गर्न सहज हुने कम्पनीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...

५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक ५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

२०७६ माघ २८ गते मंगलबार

१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि...

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...

Top