पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार


१२ डिसेम्बर, २०१९
काठमाडौं । पहिरो रोकथामका लागि भन्दै मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । २ साताका लागि भन्दै सडक विभागले भोलिदेखि लागूहुने गरी सडक आंशिक समयका लागि बन्द गर्न लागेको हो । विभागका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सडक रोकेर काम शुरु गर्न लागेको हो ।

मुग्लिन–नारायणगढ सडक खण्डको सडक स्तरोन्नतीका अन्र्तगत करिब एक दर्जन ठाउँमा पहिरो रोक्न काम भै रहेकोले यात्रु तथा सवारीको सुरक्षाका लागि केही साताका लागि सडक नै अवरुद्ध गर्न लागिएको बताइएको छ । विभाग अन्र्तगतको नारायणघाट मुग्लिन सडक आयोजनाले चितवनबाट आउने गाडीहरुले पन्ध्र किलो बजामा रोक्नुपर्ने छ भने मुग्लिनबाट नारायण गढ हुँदै गन्तव्यतर्फ अघि बढ्ने सवारी साधनलाई मुग्लिन बजारमै रोकिने छ ।

यस्तै विभिन्न स्थान हुँदै तनहुँको डुम्रेबाट सो सडक रुट पार गर्ने सवारी साधन तनहुँको बेनीटारमा रोक्नुपर्नेछ । यस्तै, काठमाडौंबाट मुग्लिन छिर्ने माबबहाक सवारी साधनलाई लाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित) लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...

निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

Top