पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार


१२ डिसेम्बर, २०१९
काठमाडौं । पहिरो रोकथामका लागि भन्दै मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । २ साताका लागि भन्दै सडक विभागले भोलिदेखि लागूहुने गरी सडक आंशिक समयका लागि बन्द गर्न लागेको हो । विभागका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सडक रोकेर काम शुरु गर्न लागेको हो ।

मुग्लिन–नारायणगढ सडक खण्डको सडक स्तरोन्नतीका अन्र्तगत करिब एक दर्जन ठाउँमा पहिरो रोक्न काम भै रहेकोले यात्रु तथा सवारीको सुरक्षाका लागि केही साताका लागि सडक नै अवरुद्ध गर्न लागिएको बताइएको छ । विभाग अन्र्तगतको नारायणघाट मुग्लिन सडक आयोजनाले चितवनबाट आउने गाडीहरुले पन्ध्र किलो बजामा रोक्नुपर्ने छ भने मुग्लिनबाट नारायण गढ हुँदै गन्तव्यतर्फ अघि बढ्ने सवारी साधनलाई मुग्लिन बजारमै रोकिने छ ।

यस्तै विभिन्न स्थान हुँदै तनहुँको डुम्रेबाट सो सडक रुट पार गर्ने सवारी साधन तनहुँको बेनीटारमा रोक्नुपर्नेछ । यस्तै, काठमाडौंबाट मुग्लिन छिर्ने माबबहाक सवारी साधनलाई लाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो

२०८१ पुष २४ गते बुधबार

०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य...

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

२०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने १० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

२०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’ कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

२०७७ जेठ १० गते शनिबार

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...

Top