Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५
न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी भएसँगै अबैध रुपमा देशभित्र बसिरहेका आप्रबासीहरुप्रति अमेरिकी सरकार कठोर रुपमा प्रस्तुत भएको छ । ट्रम्प प्रशासनले पछिल्ला केही महिनायता अमेरिकामा अबैधरुपमा प्रवेश गरेका, अबैध रुपमा देशको सिमाभित्र बसिरहेका, विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका, भिषाको म्याद सकिएपनि लुकिछिपी काम गरिरहेका आप्रबासीहरुप्रति कडा नीति अघि सारेको छ । फलस्वरुप पछिल्ला केही महिना यता हजारौं आप्रबासीहरुलाई अमेरिकी सरकारले देश निकाला गरिसकेको छ । कतिपयलाई हत्कडी लगाएर सम्बन्धित देशको विमानस्थलमै पु¥याएर समेत छाडेको छ ।

त्यसरी देश निकाला हुनेहरुमा नेपालीहरुको संख्या पनि बढ्दो छ । अमेरिकी सरकारले देशभित्र शान्ति सुरक्षा कायम गराउन तथा अबैध रुपमा छिरेका आप्रबासीहरुलाई नियन्त्रणका लागि भन्दै यो नीति अघि सारेको जनाएको छ । पछिल्लो समयमा अमेरिकाले कतिपय देशका नागरिकहरुलाई अमेरिका प्रवेश गर्न समेत रोक लगाएको छ । यही क्रममा अमेरिकामा बसिरहेका कतिपयको राहदानी तथा भिषा समेत रद्द गरेर देश निकाला गरेको छ । विशेष गरी अबैध बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने आप्रबासीहरुको संख्या पछिल्ला वर्षमा तीब्र गतिमा बढ्न थालेपछि सरकारले यो अभियान चलाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेषत अबैध रुपमा अमेरिका छिर्ने आप्रबासीहरुमध्ये कतिपय जघन्य आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाण आफूहरुसँग रहेको अमेरिकी सरकारले दाबी गरेको छ ।
यो क्रम निरन्तर रुपमा अघि बढाईने अमेरिकी अधिकारीहरुले जनाएका छन् । यसैबीच, देश निकाला गरिएकाहरुमध्ये केही समयअघि नेपाल फिर्ता पठाइएकाहरुलाई अमेरिकी सरकारले अध्यागमन नियम उल्लंघन गरेको आरोप लगाएको छ । यही क्रममा४.दिन अघिमात्रै ३७ जना नेपालीहरुलाई विमान चार्टर नै गरेर अमेरिकी सरकारले ले काठमाडौं पु¥याएर छाडेको थियो । अमेरिकी अध्यागमन नीतिलाई थप कडाई गर्दै लैजाने सरकारको नीति अनुसार आप्रबासीहरुमाथि निगरानी बढाउन थालिएको अधिकारीहरुको भनाई छ । गत सोमबार ३२ जना पुरुष र ५ जना महिलालाई अमेरिकी सरकारले विभिन्न कारण देखाउँदै देश निकाला गरेर नेपाल पु-याएर छाडिदिएको थियो । यसरी फर्काइएकाहरुमा कतिपय विद्यार्थी भिषामा अमेरिका पुग्ने र अमेरिकी सरकारले प्रत्येक वर्ष आह्वान गर्ने डिभी चिट्टा कार्यक्रममा छानिएर गएकाहरुसमेत रहेका छन् ।
कतिपय केहीवर्षदेखि अमेरिकामा बैध रुपमा बस्दै आइएरहेका नेपालीहरुसमेत रहेका छन् । उनीहरुले भिषाको म्याद सकिएपनि लुकिछिपी काम गर्दै आइरहेको भेटिएको छ । स्मरणीय के छ भने उनीहरुलाई हातमा हत्कडीलगाएर काठमाडौं विमानस्थर्ल पु¥याइएको थियो भने विमान काठमाडौंमा अवतरण हुनु केहीअघिमात्रै प्रहरीले सो खोलिदिएको थियो । उनीहरुलाई काठमाडौं पु¥याए लगत्तै अध्यागमन विभागको जिम्मा लगाएर छाडिएको थिया । त्यस लगत्तै नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोले समेत केरकार गरेको थियो । अमेरिकी अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो ८ वर्षयता अमेरिकाबाट हालसम्म १ हजार ५ सयभन्दा बढी नेपाली देश निकाला भै सकेका छन् भने ३ सय ५० भन्दा निष्कासनको प्रक्रियामा रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै
२०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...
४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको...
Top