Best Khabar Team | २०८० फाल्गुन १ गते मंगलबार
१३, फेब्रुअरी, २०२४
तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा आज भएको यात्रुबाहक जीप दुर्घटनामा ३ जना पुरुष र ७ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ की २० वर्षकी गीता सुनार, रिब्दीकोट गाउँपालिकी ६६ वर्षकी विष्णुकला कामी र सोही स्थान घर भएकी ६५ वर्षीया दिल कुमारी सुनारको ज्यान गएको छ ।

यस्तै तिनाउ गाउँपालिका यन कुमारी पन्त, सोही ठाउँ बस्ने २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । स्थानीय डुम्रेबाट चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जिप पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवलकी ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि सोही दुर्घटनामा परी घटनास्थलमै ज्यान गएको छ । कच्ची सडकमा जीप अनियन्त्रित भै करिब ३ सय मिटर तल खसेको थियो ।
दुर्घटना भएको जीपका चालक पाल्पाको तानसेन नगरपालिका–१० का दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भै रहेको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण सो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...
बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)
२०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...
‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...
नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै
२०७६ माघ २ गते बिहिबार
ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...
Top