नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन

Best Khabar Team | २०८० आश्विन २७ गते शनिबार


१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले गरेका थिए ।

पोल्याण्डको राजधानी वार्सामा अक्टोवर ७ देखि ९ सम्म संचालन भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्। पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन वायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने सम्बन्धि निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।

सन् २०२४ सेप्टेम्वर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो। पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर श्रीमती नानु थापा आएकी थिइन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डका पदाधिकारीहरुको सक्रिय सहभागिता ( उपाध्यक्ष कुल वहादूर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, सदस्य प्रजल रेग्मी र विवस हाडॅराई, जीवन लुईटेल, यूवराज वराल) तथा सहकार्यमा आजित घुम्ती शिविरमा पोल्याण्डमा रहेका समाजसेवीहरु डा. एलिनी पोख्रेल सुवेदी ( एनआरएनए आइसिसी महिला सचिव) , मित्रलाल पार्दे (ईनास ग्लोवलका सल्लाहकार), सुसन परियार ( अन्तरराष्ट्रीय साहित्य समाज पोल्याण्डका अध्यक्ष) ,विवेक पौडेल ( ईनास पोल्याण्डका अध्यक्ष) , भिम परियार ( जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष), सुरेन्द्र् आचार्य ( जना सम्पर्क समिति पोल्याण्डका महामन्त्री), आशिष श्रेष्ठ ( जनसम्पर्क समिति पोल्याण्डका सचिव तथा प्रवक्ता), निश्चल सुवेदी, सर्वोदय थापा, श्रयास्कर शाह, लाल प्रसाद निउरे, शिवधर महतो, मुकुन्दहरि चालिसे, अभिषेक अधिकारी, झलक पोखरेल, टेक व. खत्री , सागर भुजेल र मनिष दाहालसाथै अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए ।

घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरुले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्। यसरी आवेदन दिएका आवेदकहरुले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्यदूत डा. सुवेदीले दिए। पोल्याण्डका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरुलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरुकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइ एको छ। स्मरण रहोस् बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, चेक रिपव्लिक र हॅगेरीमा यस्ता सेवाको व्यवस्था गरिरहेको छ र गत अप्रिल १-३ मा पहिलोपटक पोल्याण्डमा यस्तो सेवाको संचालन गरिएको थियो।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना भाइरसको नाम अब ‘कोभिड १९’ कोरोना भाइरसको नाम अब ‘कोभिड १९’

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि… नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...

सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास...

Top