Best Khabar Team | २०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध रुपमा युरोप प्रवेश गराउने क्रममा रहेको एउटा पानीजहाज लिबियाको एक तटीय क्षेत्रमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी हालसम्म ७३ जनाको ज्यान गएको संयुक्त राष्ट्रको हवाला दिँदै अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्तीमा ८० जना आप्रबासीहरुलाई लिएर युरोप आउँदै गरेको सो पानीजहाज अनियन्त्रित भै लिबियाको तटीय क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परेको पानीजहानबाट ७ जनालाई भने जीवितै उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले लिबियाका अनुसार लिबियाको राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर उत्तर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु लिएर सो पानी जहान गएको सोमबार युरोपका लागि अघि बढेको अबर न्यूजले उल्लेख गरेको छ ।

हिजो बिहान सो जहाज दुर्घटनामा परेको बताईएपनि घटनाको जानकारी बुधबार बिहानमात्रै सार्वजनिक भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्दर गरी स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
Top