Best Khabar Team | २०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध रुपमा युरोप प्रवेश गराउने क्रममा रहेको एउटा पानीजहाज लिबियाको एक तटीय क्षेत्रमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी हालसम्म ७३ जनाको ज्यान गएको संयुक्त राष्ट्रको हवाला दिँदै अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्तीमा ८० जना आप्रबासीहरुलाई लिएर युरोप आउँदै गरेको सो पानीजहाज अनियन्त्रित भै लिबियाको तटीय क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परेको पानीजहानबाट ७ जनालाई भने जीवितै उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले लिबियाका अनुसार लिबियाको राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर उत्तर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु लिएर सो पानी जहान गएको सोमबार युरोपका लागि अघि बढेको अबर न्यूजले उल्लेख गरेको छ ।

हिजो बिहान सो जहाज दुर्घटनामा परेको बताईएपनि घटनाको जानकारी बुधबार बिहानमात्रै सार्वजनिक भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्दर गरी स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...
थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी
२०७७ बैशाख ११ गते बिहिबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
Top