पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति एयरलाइन्सको एटिआर–७२ विमान आज बिहान पोखराको नयाँगाउँमा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमान काठमाडौंबाट पोखराका लागि उडेको र पोखरा विमानस्थलमा अवतरण पूर्व दुर्घटनामा परेको बताइएको छ । यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको सो विमानमा चालक दलका ४ जना सहित कुल ७२ जना यात्रु रहेको बताइएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा ३ जना नाबालक तथा ३ जना बालबालिकासमेत रहेको बताइएको छ । दुर्घटनास्थलमा अहिले विभिन्न सुरक्षा निकाय तथा स्थानीयबासिलगायतको उद्दार टोलीले उद्दार कार्य जारी रहेको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र दुर्घटनामा घाइते भएर जलेको अवस्थामा रहेकाको उद्दार कार्य भै रहेको घटनास्थलबाट नरेश गिरिले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

पोखराको नयाँ तथा पुरानो विमानस्थलको बीचमा रहेको सेती नदीको किनारमा दुर्घटनास्थल पर्दछ। दुर्घटनापछि विमानमा आगो लागेकोले अहिले विमानमा लागेको आगो निभाउने काम भै रहेको प्रहरीले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’ विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...

थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

Top