Best Khabar Team | २०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति एयरलाइन्सको एटिआर–७२ विमान आज बिहान पोखराको नयाँगाउँमा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमान काठमाडौंबाट पोखराका लागि उडेको र पोखरा विमानस्थलमा अवतरण पूर्व दुर्घटनामा परेको बताइएको छ । यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको सो विमानमा चालक दलका ४ जना सहित कुल ७२ जना यात्रु रहेको बताइएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा ३ जना नाबालक तथा ३ जना बालबालिकासमेत रहेको बताइएको छ । दुर्घटनास्थलमा अहिले विभिन्न सुरक्षा निकाय तथा स्थानीयबासिलगायतको उद्दार टोलीले उद्दार कार्य जारी रहेको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र दुर्घटनामा घाइते भएर जलेको अवस्थामा रहेकाको उद्दार कार्य भै रहेको घटनास्थलबाट नरेश गिरिले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

पोखराको नयाँ तथा पुरानो विमानस्थलको बीचमा रहेको सेती नदीको किनारमा दुर्घटनास्थल पर्दछ। दुर्घटनापछि विमानमा आगो लागेकोले अहिले विमानमा लागेको आगो निभाउने काम भै रहेको प्रहरीले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...
अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...
नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
Top