Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१
काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको कोरोना भाइरस विरुद्धको खोपको तयारीका लागि सरकारले काठमाडौं उपत्यकाभित्रका १७ वटा अस्पताललाई छनौट गरेको छ । स्वास्थ्य मन्त्रालयले उपत्यकाको ललितपुर, भक्तपुर तथा काठमाडौंमा रहेका १७ वटा सरकारी तथा निजी अस्पताललाई कोरोना विरुद्धको खोप लगाउनका लागि अनुमति प्रदान गरेको हो । सरकारले तोकेको अस्पतालहरु निम्न प्रकार रहेका छन् ।

काठमाडौं जिल्लामा
१. गंगालाल अस्पताल, बाँसबारी
२. नेपाल मेडिकल कलेज, जोरपाटी
३. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
४. टिचिङ अस्पताल, महाराजगञ्ज
५. आर्मी अस्पताल, छाउनी
६. सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
७. आयुर्वेद तालिम केन्द्र, कीर्तिपुर
८. वीर अस्पताल, रत्नपार्क
९. प्रसुति गृह, थापाथली
१०. टेकु अस्पताल, टेकु
११.सिभिल अस्पताल, बानेश्वर
१२. काठमाडौं मेडिकल कलेज, सिनामंगल ।
ललितपुर जिल्लामा
१.पाटन अस्पताल
२.किस्ट मेडिकल कलेज
३.आनन्दबन अस्पताल
भक्तपुर जिल्लामा
१. जिल्ला अस्पताल, भक्तपुर
२. कोरियन अस्पताल, भक्तपुर ।
यी अस्प्तालहरुमा रहेका फ्रन्टलाईनका कर्मचारीहरुलाई पहिलो चरणमा कोरोना विरुद्धको भ्याक्सिन लगाईने छ । त्यसपछिमात्रै उमेरले ६५ वर्ष नाघेका, तथा अन्य प्राथमिकताको सूचीमा रहेकालाई प्राथमिकताका आधारमा खोप लगाइने सरकारले जनाएको छ । यस्तै, फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी, एन्बुलेन्स चालक र कोरोना नियन्त्रणमा खटिने अन्य कर्मचारीलगायतपनि प्राथमिकताको सूचीमा रहेका छन् ।
भारतबाट केहीदिनअघि अनुदानको रुपमा आएको १० लाख थान खोपमध्ये पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाईने छ । बुधबारबाट शुरुहुने खोप अभियान अर्को सातासम्ममा सम्पन्न गर्ने र त्यसपछि दोश्रो चरणको खोप ल्याउने काम थालिने सरकारले जनाएको छ । भारतको सेरम इस्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप भारतमा ७० प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन
२०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...
कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...
Top