Best Khabar Team | २०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०
तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको तिलौराकोटस्थित मायादेवी मन्दिर आजबाट सर्वसाधारणका लागि पुनः कुला गरिएको छ । गएको चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आम सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाएकोमा आवश्यक सुरक्षा सावधानी अपनाएर भक्तजनका लागि पुनः मन्दिर आजबाट खुल्ला गरिएको हो ।

स्वदेशी तथा विदेशी पर्यटकको केन्द्रको रुपमा रहेको यो क्षेत्रमा वर्षेनी विदेशबाट समेत लाखौ) बौद्द तथा अन्य धर्मावलम्बी पर्यटकहरु आउने गरेका थिए । तर मन्दिर बन्द हुँदा विगत ८ महिनादेखि फाट्टफुट्ट स्वदेशी पर्यटकबाहेक अन्य पर्यक यहाँ आएका छैनन् । जसका कारण यस क्षेत्रका होटल तथा रिसोर्ट तथा अन्य पर्यटक केन्द्रीत व्यवसायहरु चरम आर्थिक चपेटामा पर्दै आएका थिए । व्यवसायीहरुले यसअघि पनि सरकारलाई निश्चित मापदण्ड पुरा गरेर मन्दिरमा दर्शनार्थी तथा पर्यटक आउने वातावरण बनाउनका लागि सरकारलाई आग्रह गरेको भएपनि सरकारले यसको सुनुवाई गरेको थिए ।
आज सरकारका पर्यटन तथा संस्कृति मन्त्री योगेशकुमार भट्टराई नै लुम्बिनी पुगेर दीप बालेर मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरेका हुन् । नयाँ मापदण्ड अनुसार मन्दिर प्रवेशमा अनिवार्य रुपमा माक्सको व्यवस्था गर्नुपर्ने तथा एकपटकमा बढीमा ८ जनामात्रै मन्दिर प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै आवश्यक स्यानीटाइजर प्रयोग पनि अनिवार्य गरिएको छ । सरकारले गएको चैत्र पहिलो सातादेखि देशव्यापी रुपमा गरेको लकडाउनसँगै यो मन्दिर पनि सर्वसाधारण तथा पर्यटकको लागि बन्द गरिएको थियो ।
यद्यपि मन्दिरको नियमित पुजापाठ भने सञ्चालन हुँदै आइरहेको थियो । तर मंसीर ३ गतेदेखि मन्दिरको बाहिरी क्षेत्र भ्रमणको लागि खुल्ला गरिएको थियो भने आजबाट मन्दिर सार्वसाधाणका लागि समेत फेरि खुल्ला गरिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...
पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...
Top