Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०
काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति पु¥याएका लाभग्राहीहरुमध्ये बाँकी रहेकाहरुले आगामी पुस १५ सम्ममा अनुदानको रकम लिइसक्नुपर्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा आउँदो पुस १५ गतेको लागि तय गरेको हो ।

प्राधिकरणको आज बसेको बैठकले आगामी मंसीर मसान्तसम्म पूर्ननिर्माणको सम्झौता गरिसक्नुपर्ने र आगामी पुस १५ गतेसम्ममा पहिलो किस्ताको रकम लिइसक्नुपर्ने गरी नयाँ मापदण्ड तय गरेको हो । प्राधिकरण कार्यकारी समितिको बैठकपछि जारी गरिएको विज्ञप्ति अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ ।
त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।
सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताउनुभयो । “त्यसैले, निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं ।”
त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...
आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...
अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...
Top