आन्तरिक उडान ७ महिनापछि सूचारु

Best Khabar Team | २०७७ आश्विन ५ गते सोमबार


२२ सेप्टेम्बर, २०२०
काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि नियमित भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित मापदण्ड बनाएर आन्तरिक उडान सूचारु गर्न अनुमति दिएसँगै आजबाट देशभरको आन्तरिक हवाई उडान नियमित भएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षाका मापदण्ड अनाएर आन्तरिक उडान सञ्चालनका लागि अनुमति दिएसँगै आजबाट देशभित्र हुने सबै आन्तरिक उडान सूचारु भएको हो ।

सरकारले बाह्य उडानलाई पनि निश्चित मापदण्ड बनाएर सञ्चालनका लागि यसअघि नै अनुमति दिइसकेको छ । आजबाट निजी क्षेत्रका आन्तरिक उडान गर्ने यती,तारा, बुद्ध, श्री, समिट, सिता, सिम्रीक एयरले उडान शुरु गरेका छन् । कतिपय एयरलाइन्सले आन्तरिक पर्यटनलाई लक्षित गरी बिभिन्न छुटको व्यवस्था समेत गरेका छन् ।

दशैं तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा हवाई उडान सूचारु भएसँगै यात्रुहरुलाई सहज हुने भएको छ । यस्तै ७ महिनादेखि थलिएका हवाई कम्पनीहरुले पनि आर्थिक रुपमा राहत पाउने भएका छन् भने यसमा संलग्न कर्मचारीहरुको रोजीरोटी पनि सुनिश्चित हुने भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ ‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ

२०७७ माघ १६ गते शुक्रबार

२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना...

Top