आन्तरिक उडान ७ महिनापछि सूचारु

Best Khabar Team | २०७७ आश्विन ५ गते सोमबार


२२ सेप्टेम्बर, २०२०
काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि नियमित भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित मापदण्ड बनाएर आन्तरिक उडान सूचारु गर्न अनुमति दिएसँगै आजबाट देशभरको आन्तरिक हवाई उडान नियमित भएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षाका मापदण्ड अनाएर आन्तरिक उडान सञ्चालनका लागि अनुमति दिएसँगै आजबाट देशभित्र हुने सबै आन्तरिक उडान सूचारु भएको हो ।

सरकारले बाह्य उडानलाई पनि निश्चित मापदण्ड बनाएर सञ्चालनका लागि यसअघि नै अनुमति दिइसकेको छ । आजबाट निजी क्षेत्रका आन्तरिक उडान गर्ने यती,तारा, बुद्ध, श्री, समिट, सिता, सिम्रीक एयरले उडान शुरु गरेका छन् । कतिपय एयरलाइन्सले आन्तरिक पर्यटनलाई लक्षित गरी बिभिन्न छुटको व्यवस्था समेत गरेका छन् ।

दशैं तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा हवाई उडान सूचारु भएसँगै यात्रुहरुलाई सहज हुने भएको छ । यस्तै ७ महिनादेखि थलिएका हवाई कम्पनीहरुले पनि आर्थिक रुपमा राहत पाउने भएका छन् भने यसमा संलग्न कर्मचारीहरुको रोजीरोटी पनि सुनिश्चित हुने भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा

२०७६ असार १६ गते सोमबार

०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित) युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)

२०७७ बैशाख २४ गते बुधबार

०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य...

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...

Top