Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०
सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय वासिन्दाबीच भएको झडप र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाकै समयमा स्थानीय वासिन्दा रातो मत्स्येन्द्रनाथको रथयात्रामा सहभागी भएपछि आज दिउँसो ललितपुरको पुल्चोकमा रथयात्रामा सहभागी र प्रहरीबीच झडप भएको थियो ।

रथ तान्न भेला भएकाहरुलाई त्यहाँबाट धपाउन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरासमेत प्रहार गरेको थियो । घटनामा रथयात्रामा सहभागी र सुरक्षामा खटिएका प्रहरी दुबैतर्फ केही घाइते समेत भएका छन् । त्यसपछि उत्पन्न परिस्थिति र सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भोलि (शुक्रबार) बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिका क्षेत्रभित्र १८ घण्टे कर्फ्यू आदेश जारी गरेको हो ।

घटनापछि उत्पन्न परिस्थिति, भावी सुरक्षालगायतलाई लिएर जिल्लाका सुरक्षानिकाय, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको भर्चुअल बैठकपछि जिल्लामा भोलि कर्फ्यू आदेश जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कफर्यु उल्लंघन गर्नेमाथि गोलीसमेत प्रहार गर्नसक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...
नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...
नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...
अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...
Top