काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कुल ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । यस्तै हालसम्म २० हजार २ सय ४२ जना उपचारपछि घर फर्केका छन् भने १ सय ९५ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म सरकारले उपत्यकामा निषेधित क्षेत्र घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निलकण्ठ शोकमा, आज सार्वजनिक विदा निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...

एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

२०८० आश्विन २६ गते शुक्रबार

१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

Top