२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार


२१ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य एवं जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक तथ्यांक अनुसार आज शुक्रबार अपरान्ह साढे ४ बजेसम्म देशका विभिन्न जिल्लामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । आज थपिएकामा २ सय ९२ जना महिला र ५ सय ३२ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा २४ घण्टामा कोरोनाका १ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौमा १ सय ४२ जना, ललितपुरमा २५ र भक्तपुरमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमण भै निको हुनेहरुको संख्या १८ हजार नाघेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा दोलखा, मकवानपुर, प्युठान, मोरङ, पर्सा, बारा, चितवन, ललितपुरमा एक एक जनाको ज्यान गएको छ । यस्तै काठमाडौंमा २ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ । हालसम्म कोरोनाका कारण देशभर १ सय ३७ जनाको ज्यान गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

२०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

Top