Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य एवं जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक तथ्यांक अनुसार आज शुक्रबार अपरान्ह साढे ४ बजेसम्म देशका विभिन्न जिल्लामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । आज थपिएकामा २ सय ९२ जना महिला र ५ सय ३२ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा २४ घण्टामा कोरोनाका १ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौमा १ सय ४२ जना, ललितपुरमा २५ र भक्तपुरमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म कोरोना संक्रमण भै निको हुनेहरुको संख्या १८ हजार नाघेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा दोलखा, मकवानपुर, प्युठान, मोरङ, पर्सा, बारा, चितवन, ललितपुरमा एक एक जनाको ज्यान गएको छ । यस्तै काठमाडौंमा २ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ । हालसम्म कोरोनाका कारण देशभर १ सय ३७ जनाको ज्यान गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा
२०७६ असार १६ गते सोमबार
०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन
२०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...
ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
Top