कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न गतिविधि गर्न निधेष गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण गर्ने अभियान स्वरुप विभिन्न गतिविधिमा रोक लगाइएको भन्दै यो अभियानमा सहयोग गर्न उपत्यकाबासीसँग अनुरोध गरेका छन् ।

कोरोना संक्रमण फैलँदै गर्दा यसले उपत्यकामा कोरोनाको जोखिम उच्च बनेको भन्दै जिप्रका काठमाडौंले विभिन्न ३ दर्जन बढी गतिविधि गर्नका लागि आजै राति १२ बजेदेखि रोक लगाएको छ । निषेधित गतिविधिका विषयमा प्रशासनले खटाएको टोली तथा सुरक्षा निकायले निरन्तर अनुगमन गर्ने र दोषी उपर कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि आगामी भदौ १५ गते राति १२ बजेसम्म उपत्यकामा निम्न गतिविधि गर्न पूर्णरुपमा रोक लगाएको छ ।

  • -खुल्ला स्थानमा मानिस भेला–जम्मा हुन -भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन ( दैनिक नित्यपूजा बाहेक) सम्पूर्ण धार्मिक गतिविधि गर्न
  • -स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट सबै प्रकारका सभा र गोष्ठी, तालिम, सेमिनार
  • -विभिन्न सभाहल हल र पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना
  • समूहमा खेलिने खेलकुद, पुस्तकालय म्युजियम (संग्रहालय) चिडियाखाना, फुटपाथर खुल्ला ठाउँमा गरिने व्यापार
  • ठेलागाडा तथा साइकलबाट सञ्चालित विभिन्न व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार
  • होटल र रेस्टुरामा हुने सबैखाले जमघट (टेकवेबाहेक)
  • – सबै खालका शैक्षिक संस्थाहरु सञ्चालनलगायत


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध ! अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने...

Top