कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न गतिविधि गर्न निधेष गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण गर्ने अभियान स्वरुप विभिन्न गतिविधिमा रोक लगाइएको भन्दै यो अभियानमा सहयोग गर्न उपत्यकाबासीसँग अनुरोध गरेका छन् ।

कोरोना संक्रमण फैलँदै गर्दा यसले उपत्यकामा कोरोनाको जोखिम उच्च बनेको भन्दै जिप्रका काठमाडौंले विभिन्न ३ दर्जन बढी गतिविधि गर्नका लागि आजै राति १२ बजेदेखि रोक लगाएको छ । निषेधित गतिविधिका विषयमा प्रशासनले खटाएको टोली तथा सुरक्षा निकायले निरन्तर अनुगमन गर्ने र दोषी उपर कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि आगामी भदौ १५ गते राति १२ बजेसम्म उपत्यकामा निम्न गतिविधि गर्न पूर्णरुपमा रोक लगाएको छ ।

  • -खुल्ला स्थानमा मानिस भेला–जम्मा हुन -भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन ( दैनिक नित्यपूजा बाहेक) सम्पूर्ण धार्मिक गतिविधि गर्न
  • -स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट सबै प्रकारका सभा र गोष्ठी, तालिम, सेमिनार
  • -विभिन्न सभाहल हल र पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना
  • समूहमा खेलिने खेलकुद, पुस्तकालय म्युजियम (संग्रहालय) चिडियाखाना, फुटपाथर खुल्ला ठाउँमा गरिने व्यापार
  • ठेलागाडा तथा साइकलबाट सञ्चालित विभिन्न व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार
  • होटल र रेस्टुरामा हुने सबैखाले जमघट (टेकवेबाहेक)
  • – सबै खालका शैक्षिक संस्थाहरु सञ्चालनलगायत


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

२०७७ श्रावण २८ गते बुधबार

१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...

बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

२०७७ कार्तिक २२ गते शनिबार

०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको...

Top