विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि हालसम्म विश्वभर साढे ७ लाख भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । कोरोना भाइरससम्बन्धी सबै तथ्यांक अद्यावधिक गर्ने ओल्र्डोमिटर डटकमले जारी गरेको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म ७ लख ५७ हजार ४ सय ९५ जनाको ज्यान गएको छ ।

यस अवधिमा विश्वभर कोरोनाका कारण २ करोड १० लाख ७४ हजार भन्दा बढी मानिसहरु प्रभावित बनेका छन् । संक्रमितमध्ये हालसम्म १ करोड ३९ लाख २५ हजार ६ सय १२ जना निको भएका छन् । कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशको रुपमा अमेरिका रहेको छ । त्यसपछि क्रमश ब्राजिल, भारत, रसिया, दक्षिण अफ्रिका, पेरु तथा मेक्सिको रहेका छन् ।

विश्वका १ सय ५० भन्दा बढी देशमा अहिले पनि दैनिकरुपमा नयाँ कोरोना संक्रमित भेटिइरहेका छन् । यद्यपि स्पेन, इटालीजस्ता देशमा अहिलेपनि संक्रमितको संख्या देखिइरहेको भएपनि मृत्युदर भने अत्यन्तै न्यून हुँदै गएको छ ।२०१९ को डिसेम्बर दोश्रो सातादेखि चीनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरसले अहिले दक्षिण एसियाली मुलुकमा भारत, नेपाल बंगलदेश, पाकिस्तानलगायतका देशहरुलाई नराम्ररी प्रभावित पारेको छ ।

साभार : ओल्डोमिटर डटकम ।

हालसम्म एन्ग्युलिया, भ्याटिकन सिटी, फाल्कल्याण्ड आइसल्याण्ड, ग्रिनल्याण्ड, डोमिनिका,सेन्ट्किट्स एण्ड निभिस्,सेइन्ट् लुसिया, मकाओले आफ्नो देश कोरोना मुक्त देश भएको घोषणा गरिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...

लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका   : सावधानी अपनाउन विज्ञहरुको सुझाव लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...

जुम्ला र स्याङ्जाका ४ जनासहित  थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

Top