उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण २८ गते बुधबार


१२ अगस्ट, २०२०
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनाको ज्यान गएको छ । ललितपुरका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरको किस्ट अस्पताल, पाटन अस्पताल र मेडिसिटी अस्पतालमा उपचारका क्रममा तीन जनाको ज्यान गएको हो । कोरोनाबाट ज्यान गुमाउनेमा २ महिला र एक पुरुष रहेका छन् ।

पाटन अस्पतालमा उपचारमा रहेकी जनकपुरकी एक महिलाको अस्पतालमा निधन भएको छ । पाटनमा ज्यान गुमाएकी ती महिलामा सामान्य झाडाबान्ता र ज्वरोको समस्या देखिएको थियो । यस्तै मेडिसिटीमा उपचारमा रहेका ७१ वर्षका एक पुरुषको ज्यान गएको छ । उनी जनकपुरका स्थायी बासिन्दा भएको बताइएको छ । उनी निमोनियासम्बन्धी समस्या देखिएपछि अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

उपचारका क्रममा उनको आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । यता किस्ट अस्पतालमा पनि उपचारका क्रममा रहेकी एक महिलाको ज्यान गएको छ । अस्पतालमा उपचारमा रहेकी ७१ वर्षकी एक महिलाको हिजो साँझ ज्यान गएको छ । उनी पनि उच्च रक्तचापलगायतका विभिन्न समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्र पनि कोरोना संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ । विशेष गरी लकडाउन खुल्ला गरिएसँगै राजधानी भित्रनेहरुको चाप ह्वात्तै बढेपछि संक्रमितको संख्या पनि बढेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा ७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...

नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’ नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

Top