Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०
सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना जोडिएको उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित भेटिएको दाबी त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । विश्वका लगभग सबै देश कोरोना संक्रणबाट ग्रसित भै रहँदा सँधै रहस्यको पर्दा भित्र रहने देशको रुपमा परिचित उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित देखिएको हुन् ।

विश्वमा कोरोनाका कारण लाखौंको ज्यान जाँदा र करोडौं प्रभावित भै रहँदा महामारीको झण्डै ८ महिनाको यस अवधिमा उत्तर कोरियामा पहिलो कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भएको छ । मुलुकमा कोरोना संक्रमित भेटिएलगत्तै उत्तर कोरियाले स्वास्थ्य आपत्कालको घोषणा गरेको बताइएको छ ।
शनिबार उत्तर कोरियाको केसाङ्ग सहरमा पहिलो पटक भेटिएका एकजना कोरोना संक्रमित पुरुष भएको बताइएको छ । दक्षिण कोरियामा ३ वर्षसम्म बसेका ती पुरुष एक साता अघि उत्तर कोरिया फर्केका थिए, उनैमा कोरोना संक्रमण पुष्टि भएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
संक्रमित व्यक्तिलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखिएको छ भने केसाङ्गको आसपासका क्षेत्रलाई लकडाउन गरिएको छ । सिँगो उत्तर कोरियालाई नै स्वास्थ्य संकटकालको घोषणा गरी नाका तथा विमानस्थलहरुमा थप कडाई गर्न उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले निर्देशन दिएका छन् ।

अझै अचम्मको कुरा त के छ भने एकजना कोरोना संक्रमित भेटिएलगत्तै उनले सार्वजनिक स्थानमा माक्स लगाउन अनिवार्य गराएका छन् । यसअघि उत्तर कोरियामा केही सैनिकहरुलाई कोरोना संक्रमण भएको र सो जानकारी उत्तर कोरियाले लुकाएको भन्दै केही गुप्तचर निकायहरुले रिपोर्ट सार्वजनिक गरेका थिए । विश्व एक्काईसौं शताब्दी र उच्च प्रविधिको गतिमा अघि बढी रहँदा देशको आन्तरिक राजनीति तथा अन्य समसामयिक गतिविधिको बारेमा उत्तर कोरियाका समाचारहरु निक्कै कम र ढिलो गरी सार्वजनिक हुने गरेका छन् ।
पछिल्लो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम करिब ३ महिना अघि ३ साता गुमनाम हुँदा उनका विषयमा विभिन्न खाले अड्कलबाजी समेत गरिएका थिए । तर सबै हल्लाहरुलाई चिर्दै उनी ३ साता पछि सार्वजनिक कार्यक्रममा देखिएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
Top