Best Khabar Team | २०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९
काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज दिउँसो भएको भीषण सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा भएको सो दुर्घटनामा परी कुल पुजाका लागि डिँडेका १४ जनाको घटनास्थलमै ज्यान गएको हो । गुल्मीको ईश्मीबाट बाग्लुङ्गको देवीस्थान जादै गरेको ग १ ख ४२१९ नम्बरको जिप आज दिउँसो मध्यपहाडी लोकमार्गको भिमगिठेमा दुर्घटनामा परेको हो ।

सडकबाट सो जिप खोलामा खसेको थियो । स्थनीय देवीस्थानमा कुलपूजामामा सहभागी हुनका लागि जानेहरु चढेको सो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका ४ का बसुन्धरा कार्की, सिता कार्की, माया थापा, भवी कार्की, भूमा कार्की, धनबहादुर कार्की, मिना बस्नेत
गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापाको ज्यान गएको छ । यस्तै, नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २ की भूमा कार्की र बागलुङकै बडीगाड गाउँपालिका ७ की नरमाया खत्रीको पनि सो दुर्घटनामा ज्यान गएको हो ।
सो दुर्घटनामा ज्यान गुमाउने हरु ४ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा बर्दघाटका १८ वर्षका जीवन कार्की, इश्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की घाइते भएका छन् । कुल १८ जना सवार सो जीपमा सवार स्थानीय १५ वर्षका धनबहादुर कार्की वेपत्ता भएका छन् । क्षमता भन्दा बढी यात्रु र तीव्र गतिका कारण जीप दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नेपाली सेनाले उद्दार गरी हेलिकोप्टरबाट काठमाडौंमा उपचारार्थ ल्याएको छ । केहीदिनअघि अर्घाखाँचीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी १७ जनाको ज्यान गएको एक साता वित्न नपाउँदै बाग्लुङ्मा यो दुर्घटना भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
Top