युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित

Best Khabar Team | २०७७ श्रावण १ गते बिहिबार


१६ जुलाई, २०२०
सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुकको सूचीमा सूचीकृत स्पेनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या थपिदोँ क्रममा रहेको छ । गएको जुलाई एक तारिखबाट युरोपेली युनियनमा आबद्ध कतिपय देशहरुले युरोपेली युनियनभित्रको देशमा यात्रा लगायतका अन्य प्रतिबन्ध हटाएलगत्तै स्पेनमा कोरोना संक्रमितको संख्या बढ्न थालको हो ।

स्पेनभित्र अहिले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार बनाएर जनजीबन सामान्य बनाइएको छ । पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने स्पेनमा जुलाई ९ तारिखबाट पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको देखिएको छ । जुलाईको पहिलो साता स्पेनमा ४ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित भेटिने गरेको भएपनि जुलाई ९ बाट यो संख्या पाँचसय बाट माथि लाग्न थालेको छ । जुलाई ८ मा ३ सय ८३ जना नयाँ संक्रमित भेटिएको स्पेनमा त्यसको २४ घण्टा वित्न नपाउँदै जुलाई ९ मा थप ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै जुलाई १० मा ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा जुन १५ मा लकडाउन भएका बेला कोरोना संक्रमितको संख्या घटेर २ सय भन्दा कम देखिएको थियो । तर यो क्रम जुलाईको १५ मा आइपुग्दा ह्वात्तै बढेको छ । जुलाई १५ अर्थात् बुधबार यहाँको सरकारले जारी गरेको पछिल्लो २४ घण्टाको कोरोना संक्रमित (नयाँ) को संख्या ८ सय ७५ रहेको छ । जुन गत मे २८ पछिको सबैभन्दा धेरै हो ।

मे २८ मा स्पेनमा १ हजार १ सय ३७ जना नयाँ संक्रमित भेटिएपछि त्ययसता संक्रमितको संख्या विस्तारै कम हुँदै गएको थियो । नयाँ संक्रमितको संख्या बढ्न थालेपछि स्पेन सरकारले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नयाँ रणनीति तय गर्दैछ । नयाँ संक्रमितको संख्या थपिएपनि स्पेनमा कोरोनाबाट हुने मृत्यु दरभने निक्कै कम हुँदै गएको छ ।

स्पेनमा अहिलेपनि विद्यालय, स्वीमिङ्ग पुल, क्याम्पसलगायत बढी मानिसहरुको चहलपहल हुने क्षेत्र बन्द रहेको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा ३ लाख ४ हजार ५ सय ७४ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २८ हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन्



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

पोखरामा सडक महोत्सवको रौनकता पोखरामा सडक महोत्सवको रौनकता

२०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

Top