युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित

Best Khabar Team | २०७७ श्रावण १ गते बिहिबार


१६ जुलाई, २०२०
सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुकको सूचीमा सूचीकृत स्पेनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या थपिदोँ क्रममा रहेको छ । गएको जुलाई एक तारिखबाट युरोपेली युनियनमा आबद्ध कतिपय देशहरुले युरोपेली युनियनभित्रको देशमा यात्रा लगायतका अन्य प्रतिबन्ध हटाएलगत्तै स्पेनमा कोरोना संक्रमितको संख्या बढ्न थालको हो ।

स्पेनभित्र अहिले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार बनाएर जनजीबन सामान्य बनाइएको छ । पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने स्पेनमा जुलाई ९ तारिखबाट पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको देखिएको छ । जुलाईको पहिलो साता स्पेनमा ४ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित भेटिने गरेको भएपनि जुलाई ९ बाट यो संख्या पाँचसय बाट माथि लाग्न थालेको छ । जुलाई ८ मा ३ सय ८३ जना नयाँ संक्रमित भेटिएको स्पेनमा त्यसको २४ घण्टा वित्न नपाउँदै जुलाई ९ मा थप ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै जुलाई १० मा ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा जुन १५ मा लकडाउन भएका बेला कोरोना संक्रमितको संख्या घटेर २ सय भन्दा कम देखिएको थियो । तर यो क्रम जुलाईको १५ मा आइपुग्दा ह्वात्तै बढेको छ । जुलाई १५ अर्थात् बुधबार यहाँको सरकारले जारी गरेको पछिल्लो २४ घण्टाको कोरोना संक्रमित (नयाँ) को संख्या ८ सय ७५ रहेको छ । जुन गत मे २८ पछिको सबैभन्दा धेरै हो ।

मे २८ मा स्पेनमा १ हजार १ सय ३७ जना नयाँ संक्रमित भेटिएपछि त्ययसता संक्रमितको संख्या विस्तारै कम हुँदै गएको थियो । नयाँ संक्रमितको संख्या बढ्न थालेपछि स्पेन सरकारले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नयाँ रणनीति तय गर्दैछ । नयाँ संक्रमितको संख्या थपिएपनि स्पेनमा कोरोनाबाट हुने मृत्यु दरभने निक्कै कम हुँदै गएको छ ।

स्पेनमा अहिलेपनि विद्यालय, स्वीमिङ्ग पुल, क्याम्पसलगायत बढी मानिसहरुको चहलपहल हुने क्षेत्र बन्द रहेको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा ३ लाख ४ हजार ५ सय ७४ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २८ हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन्



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...

बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक

२०७७ पुष ७ गते मंगलबार

२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा...

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...

अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको...

Top