Best Khabar Team | २०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०
खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी जिल्लाको सिसुवामा भीषण पहिरो गएको छ । पहिरोमा परी ८ वटा घरहरु बगाएको र हालसम्म ११ जना वेपत्ता रहेको बताइएको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिसुवाखोला भन्ने स्थानमा आएको पहिरोमा परी स्थानीय बासिन्दाको ८ वटा घर बगाएको थियो । ४ जनालाई स्थानीयले जिवितै उद्दार गरेको भएपनि ११ जना अहिलेसम्म सम्पर्क बिहिन बनेको बताइएको छ । घटनास्थलमा निरन्तर रुपमा पानी परिरहेका कारण घाइते तथा हराईरहेकाहरुको उद्दारमा कठिनाई भएको छ । अहिले सिसुवा र ताम्कुबाट प्रहरी तथा स्थानीय वासिन्दा घटनास्थलतर्फ लागेका छन् ।
तर बर्षात्का कारण घटनास्थलसम्म पुग्ने सडकका दर्जनौं स्थानमा पहिरो गएका कारण उद्दारमा कठिनाई भएको बताइएको छ । डाँडा माथिबाट आएको पहिरोले स्थानीयका ८ वटा घरहरु, बस्तुभाउलगायत बगाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...
इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य
२०७६ पुष २१ गते सोमबार
०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...
कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो
२०७६ चैत्र २९ गते शनिबार
११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ
२०७६ मंशिर २३ गते सोमबार
वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...
Top