Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०
काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा आज अपरान्हसम्म कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । देशको राजधानी काठमाडौंमा पछिल्लो २४ घण्टायता थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ललितपुरमा १३ र भक्तपुर जिल्लामा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणमा परी हालसम्म देशभर ३५ जनाले ज्यान गुमाएका छन् । यस्तै कोरोना लागेकामध्ये ८ हजार ११ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १ सय २० जना कोरोनामुक्त भएको मन्त्रालयको भनाई छ । कोरोना संक्रमितमध्ये आठ हजार भन्दा बढी मानिसहरुलाई आइसोलेसनमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा जेठ महिनामा भारतबाट नेपाल आउनेहरुको संख्या ह्वात्तै बढेसँगै नेपालमा पनि कोरोना संक्रमण फैलन थालेको हो ।
हाल नेपालले विगतमा जारी गरेको सिमा तथा हवाई उडान (अत्यावश्यकबाहेक) लाई आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……
२०८० कार्तिक ९ गते बिहिबार
भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
Top