नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते

Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार


१० जुलाई, २०२०
काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा आज अपरान्हसम्म कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । देशको राजधानी काठमाडौंमा पछिल्लो २४ घण्टायता थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ललितपुरमा १३ र भक्तपुर जिल्लामा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणमा परी हालसम्म देशभर ३५ जनाले ज्यान गुमाएका छन् । यस्तै कोरोना लागेकामध्ये ८ हजार ११ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १ सय २० जना कोरोनामुक्त भएको मन्त्रालयको भनाई छ । कोरोना संक्रमितमध्ये आठ हजार भन्दा बढी मानिसहरुलाई आइसोलेसनमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा जेठ महिनामा भारतबाट नेपाल आउनेहरुको संख्या ह्वात्तै बढेसँगै नेपालमा पनि कोरोना संक्रमण फैलन थालेको हो ।

हाल नेपालले विगतमा जारी गरेको सिमा तथा हवाई उडान (अत्यावश्यकबाहेक) लाई आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

आइतबार बिहान एक घण्टा १८ मिनेको खण्डग्रास चन्द्रग्रहण लाग्दै आइतबार बिहान एक घण्टा १८ मिनेको खण्डग्रास चन्द्रग्रहण लाग्दै

२०८० कार्तिक ११ गते शनिबार

२८ अक्टोबर, २०२३काठमाडौं । आज राति १ बजे खण्डग्रास...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...

Top