कक्षा ११ को बोर्ड परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने, एसईईका विद्यार्थीलाई साउन १५ भित्र लब्धांकपत्र दिने तयारी

Best Khabar Team | २०७७ असार २१ गते आइतबार


०५ जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भएको लकडाउन र त्यसपछि पनि निश्चित क्षेत्रमात्रै खुलेका कारण यो वर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का अनुसार विद्यालयहरुलाई आन्तरिक मूल्यांकनका आधारमा परीक्षार्थीहरुलाई प्रमाणपत्र दिनका लागि सिफारिस गर्ने तयारी भै रहेको छ । गएको चैत्र ५ गतेदेखि कोरोना संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउन भएपछि अहिले स्कुल तथा क्याम्पसको पठानपाठन ठप्प बनेको छ ।

लकडाउनकै कारण विगतमा एसईईको परीक्षा समेत हुन नसकेका कारण विद्यालयहरुबाटै आन्तरिक मूल्यांकका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय यसअघि नै भै सकेको छ । कक्षा ११ का विद्यार्थीहरुलाई कसरी आन्तरिक मूल्याकनका आधारमा प्रमाणपत्र दिने भन्ने विषयको निर्णय भने यसअघि कक्षा ११ को परीक्षणा सञ्चालन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

यसैबीच, यो वर्षको एसईई परीक्षा नभएपनि विद्यालयहरुकोे आन्तरिक मूल्यांकनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले वद्यार्थीहरुलाई प्रमाणपत्र दिने तयारी गरेका छन् । सोही तयारी अनुसार अहिले कार्यालयले विभिन्न जिल्लाका जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर निश्चित कार्याविधि तय गर्दै आन्तरिक मूल्यांकनका लागि मापदण्ड तोकेको छ । कार्याविधिका आधारमा विद्यालयहरुले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी उनीहरुको नतिजा परिक्षा नियन्त्रण कार्यालयमा पठाउने छन् । त्यसका लागि अहिले विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन प्रतिवेदन तयार गरिरहेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन १५ गतेभित्र विद्यार्थीहरुलाई एसईईको प्रमाणपत्र दिने गरी तयारी अघि बढाएको बुझिएको छ । एसईई र कक्षा ११ को परीक्षा नभएपनि आन्तरिक मूल्यांकनबाटै विद्यार्थीहरुलाई प्रमाणपत्र दिने तयारी भएको भएपनि कक्षा १२ को हकमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो) इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर...

Top