पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

Best Khabar Team | २०७७ असार ११ गते बिहिबार


२५ जुन, २०२०
तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै स्थानीय निकायमा कोरोना संक्रमण फैलिएको छ । आजमात्रै पाल्पाका विभिन्न स्थानीय निकायका १ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै पाल्पाका १० वटै स्थानीय निकायमा कोरोनाको संक्रमण फैलिएको हो । आज पाल्पाको तानसेन नगरपालिका तथा निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायतका गाउँपालिकाका १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

रुपन्देही र चितवनका प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आज एकैदिन पाल्पाको निस्दी गाउँपालिकाका ९८ जनामा कोरोना देखिएको छ । यस्तै पूर्वखोला गाउँपालिकामा १८ जनामा र रम्भा गाउपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको हो । यता तानसेन नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न समयमा भारतबाट फर्केकाहरुको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा मात्रै कोरोना संक्रममितको संख्या ३ सय ६९ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया

२०७७ श्रावण १३ गते मंगलबार

२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...

Top