निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु

Best Khabar Team | २०७७ असार ९ गते मंगलबार


२३ जुन, २०२०
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला बन्द भएका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सो समयको समेत शुल्क तिर्न दबाब दिने उद्देश्यले हालै जारी गरेको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लकडाउनका कारण गएको चैत्रको पहिलो सातादेखि विद्यालयहरु बन्द रहेपनि अनलाईन तथा अन्य शिक्षाको नाममा विभिन्न विद्यालयहरुले विद्याथीसँग यसबीचको शुल्क तिर्नका लागि दबाब दिने उद्देश्यले विज्ञप्ति जारी गरेपछि सरकारले विज्ञप्ति निकालेर त्यसो नगर्न निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक तथा विद्यार्थीसँग विद्यालय बन्द हुँदाका बखतको शिक्षा शुल्क लिन नमिल्ने भन्दै सरकारको यो निर्देशनलाई पालन गर्नका लागि विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति ।

२ दिन अघि निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र नेशनल प्याब्सनले लकडाउनको समयको पनि शुल्क तिर्न विद्यार्थीहरुलाई आग्रह गरेको थियो । सरकारले तत्काल स्कुल, क्याम्पस खोल्ने विषयमा कुनै निर्णय नभएको भन्दै यथास्थितिमा विद्यार्थीे शुल्कको नाममा अभिभावकलाई लोड नथोपर्न विद्यालय सञ्चालकलाई अनुरोध गरेका छन् ।

निजी विद्यालयहरुले भोग्नुपरेको समस्याको विषयमा उनीहरुसँग बसेर छलफल गर्न सरकार सँधै तयार रहेको भन्दै मन्त्रालयले लकडाउनको शुल्क लिने निर्णय नगर्न व्यवहारिक नभएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...

देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...

हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई  कोरोना संक्रमण हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा...

Top