Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०
सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीको लागि भारत गएका र हालै भारतबाट फर्केकाहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को सुन्दरी माबि छापथोक तथा नृसिंह आवासीय मावि, दियालिश्वारामा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको आडिटी परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि स्वाबको थप पुष्टिका लागि जिल्ला अस्पताल पठाइएको थियो । जिल्ला अस्पतालले काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाएको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

उनीहरुमध्ये सातै जना पुरुष रहेको र उनीहरु अहिले क्वारेन्टाइन स्थलमै रहेको बुझिएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टि भने गरिसकेको छैन । अहिले सल्यानटारबाट स्वास्थ्यकर्मीसहितको प्रहरीे टोली संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनका लागि आगिञ्चोकतर्फ गएको प्रहरी स्रोतले बताएको छ । योसँगै धादिङ्ग जिल्लामा मात्रै हालसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१
२०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...
Top