Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०
सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीको लागि भारत गएका र हालै भारतबाट फर्केकाहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को सुन्दरी माबि छापथोक तथा नृसिंह आवासीय मावि, दियालिश्वारामा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको आडिटी परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि स्वाबको थप पुष्टिका लागि जिल्ला अस्पताल पठाइएको थियो । जिल्ला अस्पतालले काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाएको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

उनीहरुमध्ये सातै जना पुरुष रहेको र उनीहरु अहिले क्वारेन्टाइन स्थलमै रहेको बुझिएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टि भने गरिसकेको छैन । अहिले सल्यानटारबाट स्वास्थ्यकर्मीसहितको प्रहरीे टोली संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनका लागि आगिञ्चोकतर्फ गएको प्रहरी स्रोतले बताएको छ । योसँगै धादिङ्ग जिल्लामा मात्रै हालसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य
२०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...
दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...
Top