‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६ साल चैत्र ५ गतेदेखि देशभर जारी लकडाउन (बन्दाबन्दी) को रुपरेखा परिवर्तन हुने भएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले कोरोना संक्रमणको अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन लागेको हो । सरकारले देशका विभिन्न जिल्लाहरुलाई विभिन्न वर्गमा छु्याएर लकडाउन पनि सोही अनुसार तयगर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार विशेष गरी देशका अति जोखिमयुक्त, कम जोखिम र जोखिम रहित जिल्लाहरुलाई क्रमश रातो, पहँलो र हरियो रंगसहितको संकेत चिन्ह प्रदान गर्ने र सोही अनुसार लकडाउन तयगर्ने तयारी भै रहेको छ । हरियो अर्थात् ‘ग्रिन जोन’मा परेका जिल्लाहरुमा आन्तरिक गतिविधि गर्न पूर्णरुपमा छुट दिने तयारी सरकारको छ । ती जिल्लाहरुमा तत्काल विद्यालय तथा सिनेमाहललगायतका बढी मानिसहरुको भीडभाड हुने स्थान खुल्न अनुमति दिने विषयमा सरकार नरम बनेको बुझिएको छ ।

तर बाहिरी जिल्लाबाट आउनेहरुको बारेमा भने यी जिल्लाले विशेष निगरानी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ । यस्तै पहेँलो अर्थात् ‘एल्लो जोन’ मा परेका जिल्लाहरुमा जिल्ला भित्र चल्ने सवारी साधनहरुलाई निश्चित सुरक्षा सावधानी अपनाएर चलाउन सकिने तर विद्यालय र अन्य शैक्षिक संस्थाहरु तत्काल खोल्न नमिल्ने गरी निर्णय हुन लागेको छ । यस्तै रातो अर्थात् ‘रेड जोन’मा परेका जिल्लाहरुमा अत्यावश्यक सरकारी कार्यालय र दैनिक उपभोग्य पसल बाहेक अन्य गतिविधि तथा सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी सरकारको छ ।

विशेषगरी नेपालको प्रदेश नम्बर २ का सबै जिल्लालाई तत्काका लागि रेड जोडमा राख्ने तयारी भै रहेको छ । ती जिल्लामा अहिले पनि दैनिक सयौंको संख्याका कोरोना संक्रमित भेटिइरहेका कारण संक्रमण फैलन सक्ने भएकाले रोड जोनमा राख्ने तयारी भएको बुझिएको छ । यस्तै काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लालाई सरकारले एल्लो जोनमा राख्ने तयारी गरेको बताइएको छ ।

अहिले पनि काठमाडौंमा फाट्फुट्ट कोरोना संक्रमित देखिएको भएपनि जोखिम कायमै रहेको सरकारको ठभ्याई छ । मनाङ्ग, मुस्ताङ्ग, लमजुङ्ग, रसुवालगायतका जिल्लालाई ग्रिन जोनमा राख्ने तयारी छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संघीय संसदमा सम्बोधनका क्रममा लकडाउनको मोडालिटी खुकुलो गर्ने विषयमा निर्णय लिने बताएका थिए ।

फाइल तस्वीर : प्रधानमन्त्री केपी शर्मा ओली ।

लकडाउनका कारण दैनिक जनजीवन कठिन बन्दै गएको भन्दै उनले मोडालिटी परिवर्तन गर्दै जनजीवन सहजीकरण गर्नेतर्फ सरकार केन्द्रीत रहेको बताएका थिए । यो विषयमा निर्णय लिन आज दिउँसो मन्त्रीपरिषद्को बैठक बस्दैछ । आजै सरकारले एसईई दिने विद्यार्थीहरुको परीक्षको सम्बन्धमा पनि निर्णय गर्ने तयारी गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...

ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

Top