कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार


०६ जुन, २०२०
न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । कोरोनासम्बन्धी सम्पूर्ण जानकारी अध्यावधिक गर्ने ओल्डोमिटर डटकमले उल्लेख गरे अनुसार हालसम्म कोरोनाबाट विश्वभर ४ लाख ५७ जनाको ज्यान गएको छ । यस्तै विश्वभर हालसम्म ६९ लाख १७ हजार ५ सय ९० जना जना संक्रमित बनेका छन् । उपचारपछि घर फर्कनेको संख्या पनि विश्वभर रहेको छ ।

विश्वमा हालसम्म कोरोनाको कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका बनेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण १ लाख ११ हजार ६ सय ८५ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा १९ लाख ५६ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

उपचारपछि घर फर्कनेको संख्या ७ लाख ३९ हजार ७ सय २४ पुगेको छ । अमेरिकाको न्यूयोर्क, वासिङ्गटन डिसी, न्यूजर्सी, मिचिगनलगायतका राज्यहरु कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन् । अमेरिकापछि क्रमश ब्राजिल, रसिया, स्पेन, बेलायत र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन् । स्पेन बाहेकका मथि उल्लेखित देशहरुमा अहिले दैनिक रुपमा कोरोना संक्रमितको संख्या थपिँदो छ ।

स्पेनमा भने विगतको तुलनामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गएको डिसेम्बरमा चीनको बुहान प्रान्तबाट शुरुभएको कोराना अहिले विश्वका २ सय ५ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोनाका कारण अमेरिकालगायत विश्वका अधिकांश देशको जनजीवन ठप्प प्राय बनेको छ भने आर्थिक गतिविधि पनि सून्य जस्तै बनेको छ ।

कतिपय युरोपेली देशले जनजीवन सामान्य बनाउने कोशिष गरेको भएपनि संक्रमितको संख्या भने दैनिक देखिँदैछ । शुरुमा विश्वकै महामारीपूर्ण देश बनेको चीन अहिले विश्वका १८ औं बढी प्रभावित देशको रुपमा रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...

Top