Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतमा बिहीबार ज्यान गुमाएका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको क्वारेन्टाइनबाट घर फर्केकै दिन निधन भएको थियो ।

क्वारेन्टाइनमा उनको आइडीटी बिधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर मृत्युपछि पिसिआर बिधिबाट गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यसैबीच देशका २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुसहित देशभर अब कोरोना संक्रमितको संख्या २ हार ९ सय ९२ पुगेको छ। संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...
यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...
नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...
राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै
२०७६ फाल्गुन १० गते शनिबार
२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...
Top