नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा शहरमा ८ वटा घरहरुलाई पहिरोले बगाएर समुद्रमा पु-याएको छ । प्रायः सँगै हिउँले ढाकिने नर्वेको सुदुरउत्तरी क्षेत्र अल्टा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । लामो समयसम्म हिउ परेको स्थानमा मौसम खुलेर घाम लागेलगत्तै सडक मुनिपट्टिको जमिन पुरै बगेको थियो । समुद्रको छाल तथा हिमपातका कारण समुद्री तटको सो गाउँमा पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ ।

तस्वीर साभार: BBC

यद्यपि भूगर्भविद्हरुले यसको कारण कारण बारे अध्ययन गरिरहेका छन् । समुद्रको छेउमा रहेका ८ वटा घरहरुलाई सो पहिरोले बगाएर समुद्रमा मिलाएको भिडियो आज (०४ जुन, २०२०) गार्डियन न्यूजले सार्वजनिक गरेको छ । सुरक्षा अधिकारीहरुका अनुसार सो घटनामा परी मानवीय क्षति भएको छैन । मानिसहरु गर्मी मौसममा छुट्टी मनाउनका लागि त्यहाँ जाने गरेको र सोही प्रयोजनका लागि त्यहाँ घरहरु बनाइएको थियो ।

तस्वीर : गुगल म्याप

यद्यपि केही घरमा मानिसहरु रहेको भएपनि दिउँसोको समयमा उनीहरु घर बाहिर रहेका बेलामा सो घटना भएको बताइएको छ । प्रहरी र स्थानीय उद्दारकर्ताहरुले केही घरमा रहेका कुकुरहरुलाई हेलिकोप्टरको साहाराले उद्दार गरेको जनाएको छ ।
पहिरोले गाउँ बगाएको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

भिडियो साभार : गार्डियन न्यूज ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा ! कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

२०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

Top