नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा शहरमा ८ वटा घरहरुलाई पहिरोले बगाएर समुद्रमा पु-याएको छ । प्रायः सँगै हिउँले ढाकिने नर्वेको सुदुरउत्तरी क्षेत्र अल्टा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । लामो समयसम्म हिउ परेको स्थानमा मौसम खुलेर घाम लागेलगत्तै सडक मुनिपट्टिको जमिन पुरै बगेको थियो । समुद्रको छाल तथा हिमपातका कारण समुद्री तटको सो गाउँमा पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ ।

तस्वीर साभार: BBC

यद्यपि भूगर्भविद्हरुले यसको कारण कारण बारे अध्ययन गरिरहेका छन् । समुद्रको छेउमा रहेका ८ वटा घरहरुलाई सो पहिरोले बगाएर समुद्रमा मिलाएको भिडियो आज (०४ जुन, २०२०) गार्डियन न्यूजले सार्वजनिक गरेको छ । सुरक्षा अधिकारीहरुका अनुसार सो घटनामा परी मानवीय क्षति भएको छैन । मानिसहरु गर्मी मौसममा छुट्टी मनाउनका लागि त्यहाँ जाने गरेको र सोही प्रयोजनका लागि त्यहाँ घरहरु बनाइएको थियो ।

तस्वीर : गुगल म्याप

यद्यपि केही घरमा मानिसहरु रहेको भएपनि दिउँसोको समयमा उनीहरु घर बाहिर रहेका बेलामा सो घटना भएको बताइएको छ । प्रहरी र स्थानीय उद्दारकर्ताहरुले केही घरमा रहेका कुकुरहरुलाई हेलिकोप्टरको साहाराले उद्दार गरेको जनाएको छ ।
पहिरोले गाउँ बगाएको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

भिडियो साभार : गार्डियन न्यूज ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै ‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...

भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...

Top