Best Khabar Team | २०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९
काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परिक्षणको काम रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण गर्ने कार्य जारी राख्न आज अन्तरिम आदेश जारी गरेको हो ।
केही महिना यता भारतबाट आयातित तरकारी तथा फलफूलमा मानव स्वास्थ्यलाई नै गम्भीर असर गर्ने केमिकल तथा विषादी प्रयोग भएको पाइएपछि सरकारले तरकारी तथा फलफूल निर्यातमा रोक लगाएको थियो । तर भारतीय दुतावासको पत्रपछि सरकारले केहीदिन अघि विषादी जाँच्ने पर्याप्त उपकरण नभएको बहानामा तत्कालका लागि विषादी परिक्षण कार्य रोक्ने र निर्वाध रुपमा भारतीय तरकारी तथा फलफूललाई नेपाल भित्रन दिने जनाएको थियो ।
सरकारको यो निर्णयको विरोधमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यो आदेश दिएको हो । सर्वोच्चको आजको आदेशसँगै अब उप्रान्त भारतलगायत तेश्रो मुलुकबाट आयत हुने तरकारी तथा फलफूको चेकजाँच गर्नेपर्ने हुन्छ । अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले फरक फरक रिट सर्वोच्चमा दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्वोच्चले असार २ गतेको राजपत्रमा जारी भएको सुचना, त्यसपछि सरकारले गरेको निर्णयलगायतका विषयमा छलफलका लागि भन्दै दुबै पक्षलाई असार ३० गते सोमबार अदालत बोलाइएको छ ।
यस्तै, कुनै परीक्षण गरिएको भए सोसम्बन्धी तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको भए सो सम्बन्धित तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कागजातसमेत अदालतमा झिकाउन सर्वोच्चले आदेश दिएको छ । सरकारी पक्षले भने आफूलाई विषादी परिक्षण रोक्न भारतबाट कुनै दबाब नआएको बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...
Top