Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज रौतहटमा २०, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ संक्रमित भेटिएका हुन् । सम्बन्धित जिल्लास्थित प्रयोगशाला र काठमाडौंको केन्द्रीय प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।

यस्तै, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका१४, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७ र सिरहाका ६ जनापनि कोरोनाको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दैलेखमा ८, कैलालीमा २, दार्चुलामा १, स्याङ्जामा ३, नवलपुरमा १ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको मन्त्रालयको भनाई छ । आज थप भएका १ सय ५६सँगै अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । हिजो मृत्यु भएका ललितपुरका एक ५६ वर्षका पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि मन्त्रालयले गरेको छ ।
मन्त्रालयले गरेको यो पुष्टिसँगै अब देशभर कुल ५ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । केहीदिनयता भारतबाट हजारौंका संख्यामा नेपालीहरु घर फर्केका कारण संक्रमितको संख्या पनि ह्वात्तै बढेको मन्त्रालयको भनाई छ । अहिले भारतमा मजदुरीमा गएका हजारौं नेपालीहरु दैनिक सिमावर्ती नाकाबाट नेपाल फर्किइरहेका छन् । जसका कारण कोरोनाको संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा हालसम्म ४ हजार ५ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै १ लाख ५८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमण नरोकिँदा सम्म खुल्लासिमाका कारण नेपालमा पनि कोरोनाको संक्रमण रोकिने सम्भावना नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...
सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
Top