कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार


२५ मे, २०२०
नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २ महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान आज बिहानदेखि सूचारु भएको छ । विमानमार्फत यात्रुहरु एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा सहजै कोरोना भाइरसपनि फैलिएको विश्वव्यापी तथ्यलाई आत्मसाथ गर्दै भारतले गएको मार्च अन्तिम साता (२५ तारिख) देखि आन्तरिकलगायतका उडानसेवा बन्द गरेको थियो ।

कोरोनाका नयाँ संक्रमित तथा ज्यान गुमाउनेहरुको संख्या थपिँदै गर्दा भारतले विगत २ महिनादेखि जारी विमान उडानमाथिको प्रतिबन्धलाई हटाउँदै आजदेखि २ प्रदेशबाहेक अन्यमा हुने आन्तरिक उडान सूचारु गरेको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत सरकारले तोकेको आवश्यक सबै स्वास्थ्य सर्तकता अपनाएर उडान सेवा सुरु गरिएको छ । यद्यपी भारतका पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने तत्काल उडान गर्न नसकिने भारतको भनाई छ । विमानमा तत्कालका लगि कोरोना संक्रमण रोक्नका लागि यात्रु, विमान कम्पनी र चालकसहित क्याबिनसदस्यका लागि फरक फरक मापदण्ड तोकिएको छ ।

यात्रुहरुका लागि विमानमा खाजा, खानालगायत दिन बन्द गरिएको छ । यस्तै उनीहरुले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने व्यवस्था गरिएको छ । यात्रुहरुलाई आन्तरिक उडानमा पनि कम्तीमा दुई घण्टा अगाडी नै विमानस्थलमा आउनुपर्ने व्यवस्था लागू गरिएको छ । यस्तै विमानमा पर्याप्त मात्रामा ह्याण्ड सेनिटाइजरको व्यवस्था गरिएको छ भने सौचालय र अन्य सार्वजनिक स्थानमा भाइरस नियन्त्रणमा विशेष ध्यान दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा रहेका सबै यात्रुहरुलाई विमानमा जानुअघि अनिवार्य रुपमा स्क्रिनिङ गरिने तथा विमानका परिचारिकाहरुले फ्लाइटमा पीपीई किट लगाउनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै एकयात्रुदेखि अर्को यात्रुसम्मको दुरी कम्तीमा दुई मिटरको कायम गरिएको छ । यस्तै विमानको टिकट तथा बोर्डिङ्गका लागि मेसिनको व्यवस्था गरिएको छ भने लगेज तथा व्यागेजलाई स्यानिटाइज गरिने व्यवस्था मिलाइएको छ ।

लामो समयदेखि विमानसेवाहरु बन्द हुँदा र देशमा जारी लकडाउनले अर्थव्यवस्था ध्वस्त हुन लागेको ठहरसहित भारतल सरकारले आवश्यक सावधानीका साथ विमान सेवा सूचारु गरेको हो । विमान शुरुभएको पहिलो दिनको पहिलो उडान आज दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टबाट बिहान पौने ५ बजे पुनेका लािग छुटको थियो । भारतमा सोमबार साँझसम्म ४ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४४ हजार एक सय १८ जनामा संक्रमण देखिएको छ ।

प्रस्तुत भिडियो हामीले एनडिटिभी इन्डियाबाट साभार गरेका हौं ।

भिडियो : एनडिटिभी इन्डिया



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...

रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले...

पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...

Top