Best Khabar Team | २०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९
बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई आक्रमणमा एक नेपाली युवकसहित ४४ जनाको ज्यान गएको छ । विगत लामो समयदेखि लिवियामा आतंक मच्चाईरहेको विद्रोही समूह द लिबियन नेशनल आर्मीले त्रिपोलीको डिटेन्सन सेन्टरमा गरेको आक्रमणमा लमजुङ्ग स्थायी घर भएका सन्तोष श्रेष्ठको ज्यान गएको हो ।

सो आक्रमणमा परी १ सय ५० घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विद्रोही समूहले आप्रवासीहरु रहेको ताजोउरास्थित सेन्टरमा हवाई आक्रमण गरेका थिए । मृतक सन्तोष केही समयअघि युरोप यात्राका लागि भन्दै दलालको चंगुलमा परेर लिबिया पुगेका थिए । युरोप जाने क्रममा सन्तोषले करिब १५ लाख रुपैयाँ बुझाईसकेका थिए भने उनको युरोपको सपना लिबियामा पुगेर समाप्त भएको छ ।
अबैध रुपमा युरोप छिर्न खोज्ने सयौंलाई लिबियाको स्थानीय सरकारले थुनेर डिटेन्सन सेन्टरमा राख्ने गरेको छ । सोही सेन्टरमा आक्रमण गर्दा सन्तोष सहित कम्तीमा ४४ को ज्यान गएको र सयौं घाइते भएका हुन् । पछिल्ला वर्षहरुमा लिबियामा हिंसा भड्कँदै गएपछि त्यहाँ रहेका विदेशी नागरिकहरुलाई सम्बन्धित देशले लिबिया छाड्न यसअघि नै निर्देशन दिँदै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...
धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
Top