विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२०
जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले पछिल्ला दिनमा आफ्नो स्वरुप बदल्दै गएको भन्दै यो सँधै जीवित रहनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । विगतमा महामारीको रुपमा रहेको इबोला, स्पेनिस फ्लु, एड्स, दादुराजस्ता भाइरस अहिलेपनि अस्तित्वमा रहेकोतर्फ संकेत गर्दै डब्लुएचओले कोरोना भाइरस पनि लामो समयसम्म अस्तित्वमा रहनसक्ने चेतावनी दिएको हो ।

स्वीट्जरल्याण्को जेनोभास्थित डब्लुएचओ मुख्य कार्यालयमा हिजो अपरान्ह आयोजित पत्रकार सम्मेलनमा आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विश्वका एकसय भन्दा बढी स्थानमा हजारौं चिकित्सकले अबौं खर्च गरिरहेको भएपनि अहिलेसम्म भ्याक्सिन बन्छ नै भन्ने ठोकुवा गर्न नसकिने बताए । उनले पछिल्ला दिनमा कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दै गएको भन्दै नागरिकलाई आफू र आफ्नो परिवारको स्वास्थ्यको लागि विशेष सावधानी अपनाउन आग्रह गरे ।

उनले डब्लुएचओको निर्देशनलाई अक्षरसः पालना गरिए रोगबाट हुने क्षति कमगर्न सकिने बताए । कोरोनाका कारण विश्वभर करिब ३ लाखको हाराहारीमा मानिसहरुले ज्यान गुमाउँनै लाग्दा विश्व स्वास्थ्य संगठनले यो भनाई सार्वजनिक गरेको हो । रायनले भ्याक्सिन बनिहाले पनि तत्काल यसले केही महिनाभित्र कोरोना उन्मुलन गर्न असम्भव हुने बताए । यो लामो समयसम्म अस्तित्वमा रहेपनि यसको परिवर्तत रुपले क्षति कम गर्नसक्ने भन्दै यसलाई गम्भीरताका लागि लिन उनले सबैलाई आग्रह गरे ।

विगतमा लाखौं मानिसको ज्यान लिएको स्वाईन फ्लु, एड्सजस्ता प्राणघातक रोगको भाइरस अहिले पनि अस्तित्वमा रहेको स्मरण गराउँदै उनले भोलिका दिनमा कोरोना पनि अस्तित्वमा रहिरहन सक्ने सम्भावना बढी भएको बताए । रोग प्रतिको उच्च सतर्ककता, सावधानी नै यसलाई हराउने एउटा मात्रै प्रभावकारी उपाय भएको संगठनको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा  विद्युत् सेवा बन्द जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन १ गते शनिबार

१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...

आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै...

Top