भारतको राजस्थान सरकारले ६५ वर्ष माथिका बृद्धबृद्धालाई पशुपति भ्रमण गराउने

Best Khabar Team | २०७६ असार ७ गते शनिबार


२२ जुन, २०१९
काठमाडौं । छिमेकी मुलुक भारतको राजस्थान सरकारले आफ्ना प्रदेशको जेष्ठ नागरिकलाई निःशुल्क रुपमा तिर्थाटन गराउने भएको छ । राजस्थान सरकारले ६५ वर्ष उमेर तथा त्यो भन्दा माथि उमेर पुगेका बृद्धबृद्धालाई निःशुल्क रुपमा हवाई जहाज मार्फत् नेपालको प्रमुख पाशुपत क्षेत्रको दर्शन गराउने भएको हो ।

त्यसका लागि सरकारले पशुपतिनाथ दर्शनमा आउन इच्छुक बृद्धबृद्धालाई राजस्थान प्रदेश अन्र्तगतको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको छ । आगमी जुलाई ५ तारिखसम्मका लागि भन्दै आह्वान गरिएको तिर्थाटन कार्यक्रममा सहभागीहरुलाई काठमाडौंसम्म ल्याउने, होटलमा बस्ने, खाने तथा पशुपतिनाथको दर्शन गराउनेलगायका टुर प्याकेजहरु सम्मिलित हुनेछन् ।

Image result for rajasthan

स्थानीय पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजस्थान सरकारले ६५ वर्ष उमेर लागेका वा त्यो भन्दा माथिका बृद्धबृद्धालाई लक्षित गरी वरिष्ठ नागरिक तीर्थ यात्रा योजना सार्वजनिक गरेसँगै पशुपतिनाथको दर्शनको कार्यक्रम सार्वजनिक भएको हो ।

सरकारले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई यसअघि देशकै विभिन्न तिर्थस्थलहरुमा निशुल्क रुपमा भ्रमण गराउँदै आएको थियो । राज्य सरकारले ५ हजार नागरिकलाई हवाई जहाज र ५ हजार नागरिकलाई रेलमार्फत विभिन्न स्थानमा रहेको तीर्थस्थलको भ्रमण गराउने लक्ष्य राखको बताइएको छ । बृद्धबृद्धासँगै सेवानिवृत्त कर्मचारीपनि यो कार्यक्रममा सहभागी हुन पाउने मन्त्रालयको दाबी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

Top