सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै

Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार


१० मे, २०२०
काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध रहेको देशका सबै अस्पतालहरुको ओपिडी सेवा पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । लकडाउनका कारण नियमित स्वास्थ्य चेकजाँच गर्न नपाएका आम सर्वसाधारणलाई मध्यनजर गर्दै मन्त्रालयले यो निर्देशन दिएको जनाएको छ । योसँगै सोमबारदेखि देशभरका अस्पतालहरुले आवश्यक सावधानी अपनाएर ओपिडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ एक विज्ञप्ति निकालेर आम नागरिकले लामो समयदेखि अस्पतालको सेवा अवरुद्ध हुँदा नियमित स्वास्थ्य उपचारमा समस्या भोग्नुपरेको भन्दै कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुरा गरेर अस्पतालहरुलाई स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएसँगै देशका अधिकांश अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । यस्तै कतिपय अस्पतालले आफ्नो अस्पतालमा कोरोनाको परीक्षणलाई मात्र निरन्तरता दिएका थिए । मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन सञ्‍चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीको नाममा जारी विज्ञप्तिमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सेवालाई सुरक्षित ढंगले अघि बढाउन भनिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’ कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’

२०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

Top