पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३ जना विरुद्ध आज काठमाडौं प्रहरीमा साईबर अपराधको अभियोगमा उजुरी दर्ता भएको छ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले डा भट्टराई र उनका सहयोगी विश्वदिप पाण्डे, समाजवादी पार्टीका नेता सुरेश यादवलगायतविरुद्ध आज साइबर अपराधको अभियोग लगाउँदै उनीहरुमाथि कडा कारबाहीको मागगर्दै प्रहरीमा उजुरी दर्ता गरेका हुन् ।

तथ्यहिन आरोप लगाएर विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी आफूहरुको चरित्र हत्या गरेको भन्दै उनीहरुलाई साइबर अपराधमा हदैसम्म कारबाही गर्न उजुरीमा माग गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उजुरीकर्ताहरुले राजीखुसीमा गाडीमा चढेर सांसद यादव महोत्तरीबाट काठमाडौं आएको भएपनि काठमाडौं आएर आफूहरुको चरित्र हत्या गर्ने ढंगले अर्नगल प्रचार तथा मिडियाबाजी गरिएको दाबी गरेका छन् । यसअघि आजै प्रहरीमा खनाल, श्रेष्ठ र बस्नेत विरुद्ध अपहरणको अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनीहरुले आफूहरुलाई जर्वजस्ती अपहरण गरी काठमाडौं ल्याएको भन्दै सांसद सुरेश यादवले आज काठमाडौं प्रहरीमा उजुरी दर्ता गराएका हुन् । यसअघि यही समूहले काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पनि अपहरणको मुद्दा दर्ता गराईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

२०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

Top