Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०
काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द गराएको संस्कृत भाषाको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रबाट लागूहुने गरी कक्षा १ देखि नै संस्कृत विषयको पढाई शुरु गर्न लागेको हो । हाल कक्षा १ देखि ८ कक्षा सम्म संस्कृत विषयको पठनपाठन गराईने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
जसका लागि पाठ्यक्रम नै तयार भै सकेको र शैक्षिक सत्र शुरु भएलगत्तै पाठ्य पुस्तकहरु पनि बजारमा उपलब्ध गराउने तयारी भै रहेको बताइएको छ । हालै पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमलाई स्वीकृति समेत दिइसकेको छ । केन्द्रका अनुसार पुस्तकको नाम हाम्रो संस्कृत अर्थात् संस्कृतमा ‘अस्माकम संस्कृत’ दिइएको छ ।
विगतमा माओवादी युद्दताका कक्षा ४ देखि ८ सम्म संस्कृत विषय पढाई हुने गरेको भएपनि माओवादीले स्कुल स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकमाथि नै कुटपिट गर्न थालेपछि संस्कृत पठनपाठन बन्द भएको थियो । माओवादी युद्द उत्कर्षमा पुगेर पुस्तकहरु च्यात्ने, संस्कृत पठाउने शिक्षकमाथि कुटपिट र दुव्र्यबहार गर्न र विद्यार्थीहरुमाथि नै कारबाही गर्ने काम भएपनि २०५७ सालपछि विद्यालयहरुले संस्कृतको पठनपाठन बन्द गरेका थिए ।यो विषयलाई अनिवार्य नबनाइएको भएपनि इच्छुक विद्यालयहरुले पाठ्यक्रममा संस्कृतलाई समावेश गर्न सक्नेछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...
विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज
२०७५ चैत्र ९ गते शनिबार
२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...
कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल
२०७६ चैत्र ६ गते बिहिबार
विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...
अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य...
Top