यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार


०६ मे, २०२०
काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द गराएको संस्कृत भाषाको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रबाट लागूहुने गरी कक्षा १ देखि नै संस्कृत विषयको पढाई शुरु गर्न लागेको हो । हाल कक्षा १ देखि ८ कक्षा सम्म संस्कृत विषयको पठनपाठन गराईने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

जसका लागि पाठ्यक्रम नै तयार भै सकेको र शैक्षिक सत्र शुरु भएलगत्तै पाठ्य पुस्तकहरु पनि बजारमा उपलब्ध गराउने तयारी भै रहेको बताइएको छ । हालै पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमलाई स्वीकृति समेत दिइसकेको छ । केन्द्रका अनुसार पुस्तकको नाम हाम्रो संस्कृत अर्थात् संस्कृतमा ‘अस्माकम संस्कृत’ दिइएको छ ।

विगतमा माओवादी युद्दताका कक्षा ४ देखि ८ सम्म संस्कृत विषय पढाई हुने गरेको भएपनि माओवादीले स्कुल स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकमाथि नै कुटपिट गर्न थालेपछि संस्कृत पठनपाठन बन्द भएको थियो । माओवादी युद्द उत्कर्षमा पुगेर पुस्तकहरु च्यात्ने, संस्कृत पठाउने शिक्षकमाथि कुटपिट र दुव्र्यबहार गर्न र विद्यार्थीहरुमाथि नै कारबाही गर्ने काम भएपनि २०५७ सालपछि विद्यालयहरुले संस्कृतको पठनपाठन बन्द गरेका थिए ।यो विषयलाई अनिवार्य नबनाइएको भएपनि इच्छुक विद्यालयहरुले पाठ्यक्रममा संस्कृतलाई समावेश गर्न सक्नेछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

Top