Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०
नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको एकै टोलमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जस्थित महेन्द्रपार्क टोलमा बस्ने थप ६ जनामा आज साँझ कोरोना संक्रमण भएको पुष्टि सरकारले गरेको छ । यसअघि आजै दिउँसो सोही टोलमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

आज साँझ कोरोना संक्रमित भएको पुष्टि भएकाहरुमा १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षकी महिला रहेकी छन् । उनीहरुको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । यसअघि भेटिएका ९ जना संक्रमितहरुको सम्पर्कमा रहेका थप गाउँलेको स्वाब परीक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयलको भनाई छ । यो सँगै आजमात्रै नेपालमा कोरोना संक्रमितको संख्या १६ थपिएर कुल ७५ पुगेको छ ।

आजै पर्साको वीरगञ्जका एक युवकमा पनि कोरोनाको संक्रमण भेटिएको थियो । उनको नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । देशभर कोरोनाको संक्रमणमा परेका मध्ये १६ जना उपचारपछि घर फर्केका छन् । संक्रमित सबै एउटै टोलको भएकोले उनीहरुको सम्पर्कमा रहेका थप स्थानीयको पनि स्वाब परीक्षण भै रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
२४ घण्टामा थपिए २१३ जना संक्रमित
२०७७ जेठ २५ गते आइतबार
०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा
२०७७ फाल्गुन २३ गते आइतबार
०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...
Top