Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०
पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै हवाई उडानमा लगाएको प्रतिबन्ध थप एक महिनाका लागि बढाएको छ । यसअघि सरकारले हवाई उडानमा लगाएको प्रतिबन्धको समय आज सकिनै लाग्दा थप एक महिनाका लागि उडान प्रतिबन्ध यथाबत् राख्ने घोषणा गरेको हो । यो सँगै युरोपेली मुलुक पोर्चुगलमा आगामी मे १७ तारिखसम्म विश्वका कुनैपनि देशबाट यात्रुबाहक विमान आउन पाउने छैनन् भने पोर्चुगलबाट पनि कुनैपनि देशमा यात्रुबाहक उडान हुनेछैन ।
तर पोर्चुगलका कोलोनी तथा युरोपेली युनियन अन्र्तगतका राष्ट्र भित्र चल्ने विमानहरुको हकमा यो लम्बिएको अवधि लागू नहुने बताइएको छ । यद्यपि अहिले युरोपका सबै देशहरुसँग पोर्चुगलले यात्रु ओसारपसारका हेतुले हुने सबै हवाई सेवा बन्द गरेको छ ।अत्यावश्यक सेवाका लागि उडान भर्ने विमानहरुलाई भने यो नियमले कुनै बाधा नपु=याउने पोर्चुगलको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि पोर्चुगलले गएको मार्चको पहिलो साता कोरोनाको संक्रमण देखिएसँगै अन्तर्राष्ट्रिय र युरोपेली युनियन सम्बद्ध राष्ट्रहरुसँगको हवाई सम्पर्क विस्तारै कटौती गर्दै लगेको थियो । मार्चको तेश्रो सातादेखि भने सबै देशबाट आउने र ती देशमा जाने यात्रुबाहक विमानको उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसो त पोर्चुगलमा तुलनात्मक रुपमा युरोपका अन्य देशमा भन्दा कोरोना भाइरसको संक्रमण निक्कै न्यून देखिएको छ ।

विगत एक महिनायता पोर्चुगलमा ६ सय ५७ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या पनि १९ हजारको हाराहारीमा छ । हालसम्म २ सय २२ जना गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका छन् । छिमेकी देश स्पेन यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको भएपनि पोर्चुगलले भने बेलैमा विद्यालय तथा क्याम्पसहरु बन्द गरेको थियो । यस्तै सिमा नाका तथा हवाई उडानमा पनि बेलैमा प्रतिबन्ध लगाएका कारण पोर्चुगलमा अहिलेसम्म कोरोनाको संक्रमण डरलाग्दो अवस्थामा फैलिन पाएको छैन ।

पोर्चुगलसँग नजिक रहेका स्पेन, फ्रान्स, इटली, बेल्जियम, नेदरल्याण्डजस्ता देशमा अहिले दैनिक सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । यहाँका प्रधानमन्त्री एन्तेनियो कोस्ताले लकडाउनको यो समयमा जनताले गरेको अभूतपूर्व सहयोगकै कारण पोर्चुगिस जनता तुलनात्मक रुपमा अन्य देशमा भन्दा सुरक्षित रहन सकेको भन्दै धन्यावाद व्यक्त गरेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...
प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र
२०७६ माघ २६ गते आइतबार
कृष्णज्वाला देवकोटा – प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको...
Top