Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२०
लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको बेल्जियममा कोरोना भाइरसको संक्रमण फैलन नदिनँ यहाँको सरकारले लकडाउनको समय लम्ब्याएको छ । बेल्जियम सरकारले मे ३ सम्मका लागि मुलुकभर जारी लकडाउनको समयावधि लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा कुनै रोक नलगाईने सरकारको भनाई छ ।
यहाँको सरकारले आज आगामी मे ३ तारिखसम्म बेल्जियममा जारी लकडाउनको समय लम्ब्याउने घोषणा गरेको हो । त्यसपछि अवस्था हेरेर थप के गर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । यसैबीच बेल्जियम सरकारले सार्वजनिक सभा, समारोह, भोज, पार्टी तथा धेरै मानिसहरु भेला हुने कार्यक्रमहरु गर्न भने आगमी ४ महिनाको लागि रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण सरकारले आगामी अगस्ट ३१ तारिखसम्मका लागि देशभर कुनैपनि स्थानमा सभा, समारोह, भोज तथा पार्टी गर्न नपाइने गरी सार्वजनिक सूचना जारी गरेको हो । यो सँगै बेल्जियममा यसवर्षको पर्यटक सिजनमा पर्यटकको आवागमन ठप्प हुने निश्चित छ ।

विशेष गरी मे, जुन जुलाई र अगस्ट महिनामा यहाँको तापक्रम केही तातो हुने हुनाले पर्यटकहरु आउने गर्दछन् । तर यो वर्ष विश्वभर नै कोरोनाको संक्रमण बढ्दै गएका कारण तथा बेल्जियम सरकारले स्वयं देशभित्र धेरै मानिसहरुको जमघट गर्न अगस्टसम्मका लागि रोक लगाएका कारण यो वर्षको पर्यटक सिजन सून्य हुने पक्कापक्की भएको हो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...
Top