ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो

Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार


३० मार्च, २०२०
काठमाडौं । अत्यधिक ज्वरो र स्वास प्रश्वाससम्बन्धी समस्या देखिएर अस्पताल पु¥याइएका तीन जनाको राजधानीका विभिन्न अस्पतालमा निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा दुई र ललितपुरस्थित पाटन अस्पतालमा एकजनाको गरी जम्मा तीन जनाको अध्यधिक ज्वरोका कारण मृत्यु भएको हो ।

काठमाडौंको वीर अस्पतालमा उपचाररत एक युवकको आज निधन भएको छ । कोरोनाको आशंका गर्दै आइतबार अस्पताल भर्ना भएका ती युवकको उपचारको क्रममा आज सोमबार अस्पतालमा निधन भएको वीर अस्पताल स्रोतले जानकारी दिएको छ । काठमाडौंको सतुंगल घर भएका ती युवक हिजोमात्रै अस्पतालमा भर्ना भएका थिए । केही समयअघि भारतबाट फर्केलगत्तै उनी ज्वरो आउने तथा रुघा लाग्ने लक्षण लिएर वीर अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वाब परिक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाईएको वीर अस्पतालका निर्देश डा. केदार सेन्चुरीले जानकारी दिए । यस्तै आज मात्रै वीर अस्पतालमा उपचारका लागि ल्याइएकी एक महिलाको अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको थियो । उनी काठमाडौंको कालीमाटीमा बेहोस अवस्थामा भेटिएकी थिइन् । अस्पताल ल्याउँदा उनमा अत्यधिक ज्वरो रहेको र सास फेर्न समेत कठिनाई भै रहेको थियो ।

उनमा पनि कोरोनाको आशंका गरिएको र नमुना परिक्षणका लागि स्वाब टेकु प्रयोगशाला पठाइएको छ । यस्तै हिजो मात्रै धादिङ्गका एक युवकको पाटन अस्पतालमा निधन भएको थियो । उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ती युवकको पनि नमुना परिक्षणको रिपोर्ट आइसकेको छैन । यद्यपि अहिलेसम्म नेपालमा कोरोनाको कारण मृत्यु भएको भन्ने पुष्टि कसैको पनि भै सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा...

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

२०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...

दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...

Top