अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट पछिल्लो पटक अफ्रिकी महादेश पनि अछुतो रहन सकेको छैन । अफ्रिकी महादेशमा रहेका ५४ देशमध्ये यो समाचार तयार पार्दासम्म ४५ वटा देशमा यो रोगको संक्रमण फैलिइसकेको छ भने करिब ४८ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । विशेषत : उत्तरी अफ्रिकी देशहरुबाट अफ्रिकी महादेशमा कोरोना फैलन शुरु भएको थियो ।

पछिल्ला दिनमहरुमा कोरानाले अफ्रिकी महादेशमा महामारीकै रुप लिन थालेको छ । अफ्रिकी मुलुकमा सबैभन्दा बढी दक्षिण अफ्रिकामा संक्रमितहरु देखिएका छन् । यो समचार तयार पार्दासम्म दक्षिण अफ्रिकामा हालसम्म १ हजार १ सय ७० जना कोरोनाको संक्रमणमा परेका छन् । जसमा एक जनाको ज्यान गै सकेको छ भने ३१ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दक्षिण अफ्रिकीमा हिजोदेश लकडाउन शुरु भएको छ । दक्षिण अफ्रिकाका अलावा अन्य देशहरुमा पनि कोरोना संक्रमितको संख्या बढ्दन थालेपछि ती देशहरुले पनि सुरक्षा सावधानी अपनाउन थालेका छन् ।

अफ्रिकामा अहिलेसम्म झण्डै ४ हजार जना कोरोना संक्रमति देखिएका छन् भने करिब ४८ जनाको ज्यान गै सकेको छ । कोरोनाका कारण दक्षिण अफ्रिकाका साथै उत्तर अफ्रिकी मुलुकहरु मोरक्को, इजिप्ट अल्जेरिया , ट्युनिसिया रहेका छन् । यस्तै, पश्चिम अफ्रिकी मुलुक, बुर्कानो फासो , नाइजेरिया, सेनेगल र आइभोरी कोस्टमामा पनि संक्रमितको संख्या बढ्दो छ । मध्य तथा पूर्वी अफ्रिकी मुलुकहरु कङ्गो , रुवान्डा , केन्या , युगान्डालगायतमा पनि कोरोनाको संक्रमितको संख्या बढ्न थालेको छ ।

अफ्रिकामा कोरोनाको रोकथाम र उपचार गर्न सक्ने क्षमता तुलानात्मक रुपमा कमजोर रहेको भन्दै विश्व स्वाथ्य संगठनले विशेष सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । अफ्रिकामा कोरोनाको संक्रमण फैलिएमा स्थिति भयावह हुनसक्ने आकलन गरिएको छ । पहिलो दिन दक्षिण अफ्रिकामा गरिएको लकडाउनमा घर बाहिर निस्केकाहरुलाई प्रहरीले बल प्रयोग गरी घर भित्र पठाएको दृश्यहरु टेलिभिजनमा देखिएका छन् । ३० भन्दा बढी अफ्रिकी मुलुकमा हालसम्म सात हजारको संख्यामा नेपाली रहेको नाइजेरियाको लागोसमा बस्ने नेपाली हिक्मत थाले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।

विशेष गरी संख्यात्मक रुपमा युगान्डा , सेसेल्स , नाइजेरिया , दक्षिण अफ्रिका , केन्या , घाना , जाम्बिया , कङ्गो र तान्जानियामा नेपालीहरुको उपस्थिति बढी रहेको भएपनि हालसम्म सबै नेपालीहरु सुरक्षित रहेको थापाले जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...

७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित) ७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...

नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन

२०७७ असार २७ गते शनिबार

११ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको...

Top