अमेरिकामा कोरोनाबाट एकैदिन १ सय ७ को मृत्यु, संक्रमितको संख्या ७८ हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार


२६ मार्च, २०२०
न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको केरोना भाइरसको संक्रमणबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट अहिलेसम्म अमेरिकामा १ हजार १ सय ३६ जनाको मृत्यु भै सकेको छ भने ७८ हजार ७ सय ५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणको कारण १ सय ७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकबाट अमेरिका नराम्ररी झस्किएको छ । कोरोनाका कारण अमेरिकाको न्यूर्योक, वासिंटन डिसी र न्यूजर्सी राज्यमा सबैभन्दा बढी प्रभावित भएका छन् । न्यूर्योकमा अहिलेसम्म ३ सय ८५ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ भने ३७ हजार २ सय ५८ जना संक्रमित भएका छन् ।

यस्तै, वासिंटन डिसीमा १ सय ३२ जनाको ज्यान गएको छ । भने न्यूजर्सीमा ८१ जनाको ज्यान गएको छ । यस्तै क्यालिफोर्नियामा ६८ जना, मिचिगेन राज्यमा ६०, फ्लोलिडामा २८, पेन्सिलभेनियामा १६, टेक्सासमा १८, जियोर्जियामा ४८, इन्डियाना राज्यमा १७, क्लोराडोमा १९ जनाको ज्यान गै सकेको छ ।

अमेरिकामा अधिकांश राज्यहरु कोरोनाबाट प्रभावित बनेका छन् । अहिले यहाँको सरकारले सिँगो सिटीलाई लकडाउन गरी कोरोना संक्रमितको उपचार तीब्र बनाएपनि संक्रमण रोकिएको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर) तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर)

२०७९ फाल्गुन २२ गते सोमबार

०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व...

पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष ‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...

Top