Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०
न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको केरोना भाइरसको संक्रमणबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट अहिलेसम्म अमेरिकामा १ हजार १ सय ३६ जनाको मृत्यु भै सकेको छ भने ७८ हजार ७ सय ५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणको कारण १ सय ७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकबाट अमेरिका नराम्ररी झस्किएको छ । कोरोनाका कारण अमेरिकाको न्यूर्योक, वासिंटन डिसी र न्यूजर्सी राज्यमा सबैभन्दा बढी प्रभावित भएका छन् । न्यूर्योकमा अहिलेसम्म ३ सय ८५ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ भने ३७ हजार २ सय ५८ जना संक्रमित भएका छन् ।
यस्तै, वासिंटन डिसीमा १ सय ३२ जनाको ज्यान गएको छ । भने न्यूजर्सीमा ८१ जनाको ज्यान गएको छ । यस्तै क्यालिफोर्नियामा ६८ जना, मिचिगेन राज्यमा ६०, फ्लोलिडामा २८, पेन्सिलभेनियामा १६, टेक्सासमा १८, जियोर्जियामा ४८, इन्डियाना राज्यमा १७, क्लोराडोमा १९ जनाको ज्यान गै सकेको छ ।
अमेरिकामा अधिकांश राज्यहरु कोरोनाबाट प्रभावित बनेका छन् । अहिले यहाँको सरकारले सिँगो सिटीलाई लकडाउन गरी कोरोना संक्रमितको उपचार तीब्र बनाएपनि संक्रमण रोकिएको छैन ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...
गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...
Top