Best Khabar Team | २०७६ असार १ गते आइतबार
१६ जुन, २०१९
काठमाडौं । पछिल्लो समयमा भै रहेका गतिविधिले आफूहरुले अस्पतालमा बसेर काम गर्न नसक्ने तथा असुरक्षाको अनुभव भएको भन्दै विकट डडेल्धुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सामूहिक विदामा बसेका छन् । आफूहरु कार्यरत अस्पतालमा काम गर्ने वातावरण नभएको तथा असुरक्षा रहको भन्दै जिल्ला अस्पतालमा कार्यरत झण्डै एकदर्जन चिकित्सकहरुले आजदेखि लागूहुने गरी सामूहिक रुपमा विदा बसेको घोषणा गरेका हुन् ।

उनीहरुले आज बिहान अस्पतालका सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेललाई सामूहिक विदाको पत्र बुझाएका हुन् । पत्रमा चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साटो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदा आफूहरु थप असुरक्षित भएको उल्लेख छ ।
केहीदिन अघि अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।बिदामा बस्ने चिकित्सकहरुमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, बिभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा.डबल बुढा रहेका छन्।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...
फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...
Top